गोल्डेन न्यूज संवाददाता
पोखरा फूलबारी देखि काँहू धरहरासम्म पक्की वाटो निर्माण हुने भएको छ । पक्की वाटो निर्माणका लागि फूलबारी–मणिपाल–काँहू धरहरा सडक उपभोक्त समितिले शुक्रबार एक कार्यक्रमका वीच पक्की बाटोको शिलन्यास गरेको छ। कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.गोविन्दराज पोखरेलले उक्त पक्की बाटोको शिलन्यास गरेका हुन् ।
करिव १२ करोड ९५ लाखको लागतमा निर्माण गर्न लागिएको उक्त बाटो तीन वर्षमा सम्पन्न गर्ने योजना रहेको छ। एक किलोमिटर पाँच सय ५० मिटर पहिल्यै नै कालो पत्रे गरेकोमा यो योजना मार्फत छ किलोमिटर एक सय ५० मिटर बाटो कालोपत्रे गर्ने लक्ष्य रहेको फुलबारी–मणिपाल–काँहू धरहरा सडक उपभोक्त समितिका अध्यक्ष सु.इन्द्रबहादुर गुरुङले जानकारी दिए । केन्द्रिय योजनाबाट वजेट परेको उक्त पक्की बाटोको चौडाई पाँच मिटर रहेको छ । बाटोको दायाँ वायाँ पक्की नालाको समेत व्यवस्था गरिएको छ । कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.गोविन्दराज पोखरेलले अव देश विकास निर्माण अगाडि वढ्ने वेला आएको बताए । यस अघि हामी संविधानका मात्रै कुरा गरेका थियौ, अव संविधान पनि जारी भएको छ उनले भने–अव विवादमा नअल्झिकन विकासको बाटो रोज्नुपर्ने वेला आएको छ। यस क्षेत्रका जनप्रतिनिधि र यहाँका उपभोक्ताको जागरुपताका कारण यो योजना पर्न सफल भएको बताउदै उनले यो योजनालाई राम्रो तरिकारले सम्पन्न गर्न आग्रह गरे । यहाँकाहरुको पटक पटकको दवाव र चासोको कारण यो योजना आएको छ उनले भने–अव योजना आएपछि निर्माणमा पनि यसरी नै यहाँका उपभोक्ताले चासो दिन जरुरी छ। व्यवस्थापिका सांसद शारदा पौडेलले अथक प्रयासको वावजुद यो योजना पार्न सफल भएको बताईन् ।
यो योजना पार्नका लागि सम्वन्धित क्षेत्रमा हर हमेसा लागि परेकी थिए उनले भनिन्–यस क्षेत्रको जनप्रतिनिधिको हैसियतले पनि यो योजना पार्नु पर्ने थियो निकै चुनौतिका विच योजना प¥यो यसमा गर्भ लागेको छ। नेपाली काँग्रेस पोखरा–२१ काँहूका सभापति तथा वाटो निर्माणका लागि फुलबारी–मणिपाल–काँहू धरहरा सडक उपभोक्त समितिका उपाध्यक्ष बोधराज घिमिरेले खानेपानी, वाटो र पर्यटन को विकासमा यहाँका वासिन्दा लागि परेको उल्लेख गरे । यस क्षेत्रको विकासका लागि खानेपानी, बाटो र पर्यटन मुख्य रुपमा हेरका छौ उनले भने–अव बाटो वन्ने भयो, त्यसपछि खानेपानी र पर्यटनलाई जोड दिनेछौ। फुलबारी–मणिपाल–काँहू धरहरा सडक उपभोक्त समितिका अध्यक्ष सु.इन्द्रबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा निवर्तमान गाविस अध्यक्ष चित्रप्रसाद लामिछानेले स्वागत र उपभोक्ता सदस्य राजेन्द्रप्रसाद आचार्यले कार्यक्रम सञ्चालन गरेका थिए।
Post a Comment