0
गोल्डेन न्यूज संवाददाता
भूकम्प पछि सुस्ताएको नेपालको पर्यटन क्षेत्रलाई सहयोग गर्न भारत सरकार तयार रहेको बुधबार पोखरामा आयोजित कार्यक्रममा बोल्ने भारतिय दूतावासका प्रतिनिधिहरुले प्रतिवद्धता जनाएका छन् । बोडकास्ट्रिङ एशोसिएशन अफ नेपाल (वान) र वि.पि. कोइराला ईण्डिया फाउन्डेशनले आयोजना गरेको ‘भारतीय पर्यटकको पोखरामा आकर्षण बढाउनका लागि स्वतन्त्र रेडियोको भूमिका’ विषयक कार्यक्रममा बोल्दै भारतीय दूतावासका डेपुटिचिफअफ कमिसनर विनय कुमारले भारतियलाई नेपाल घुम्नको लागि पठाउने प्रतिवद्धता समेत व्यक्त गरे । उनले भूकम्पका कारण संञ्चार माध्यमले प्रचार गरे जस्तो वातावरण नेपालमा आफूले नपाएको बताए । उनले नेपालका एफ.एम. रेडियो र भारतका एफ.एम. रेडियो बीच अवलोकन सहित अन्तत्र्रिmया गराएर भारतीयलाई कसरी नेपाल पठाउन सकिन्छ भन्ने बारेमा आफू लाग्ने बताए । अघिल्लो वर्ष मात्र पोखरामा मात्रै एक लाख ३५ हजारभन्दा बढि भारतीय पर्यटकहरु पोखरा र मुक्तिनाथका लागि आएको भए पनि आहिले त्यो अनुपात घटेर १० प्रतिशतमा झरेको पर्यटन बोर्डका पूर्व सदस्य टिकाराम सापकोटाले जानकारी दिए । उनले नेपालमा आउने पर्यटकमध्ये भारत, चीन, अमेरिका, श्रीलंका र यु.के., का पर्यटकहरु भूकम्प अगाडि २२ प्रतिशतसम्म आउने गरेको बताए ।पोखरा पर्यटन पुनर्जागरण समितिका अध्यक्ष गणेश बहादुर भट्टराई भूकम्पको मार खेपी रहेका व्यवसायीलाई तराई आन्दोलनबाट थप पीडा पाएको बताए । अहिलेको मौसम भारतीय पर्यटकहरुका लागि राम्रो मानिएको थियो तर पनि देश भित्रकै द्वन्दले भारतीय पर्यटकलाई समेत भित्र्याउन नसक्दाँ व्यवसायीहरु चिन्तित रहेको बताए । उनले संचारमाध्यम जस्तो सूचना प्रशारण ग¥यो त्यसलाई नै आधार मानेर पर्यटकले आफ्नो भम्रण तह गर्ने हुँदा संञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहेको बताए । कार्यक्रममा वानका अध्यक्ष गोपाल झाले भारतीय पर्यटक नेपाल भित्र्याउनका लागि रेडियोहरुले गर्नुपर्ने सहयोग गर्न आफूहरु तयार भएको बताए ।

Post a Comment

 
Top