गोल्डेन न्यूज संवाददाता
गजल सन्ध्या, पोखराले १५० औँ मोती जयन्तीको अवसरमा शनिबार आयोजना गरेको विशेष गजल वाचन तथा गायन कार्यव्रmम सम्पन्न भयो । नेपाली गजलका प्रणेता मोतीराम भट्टको १५० औँ जन्म जयन्तीका सन्दर्भमा उक्त कार्यक्रम आयोजना गरेको होे । कार्यव्रmममा स्याङ्जाका गजलकार जीवनपानी, बाग्लुङका राम थापा अविरल, अछामका तपेन्द्र घोरासैनी, गोरखाकी सुमी प्रकृति, चितवनका मुक्त उदास, ललितपुरका समीर हुमागार्इँ, कास्कीका विशाल थापा, कृष्ण देवकोटा, कृष्ण अधिकारी ‘त्रुपक’ र पवित्रा भण्डारी ‘पारु’ले गजल वाचन गरेका थिए । यस्तै गायक विनोद बानियाँ, नरजङ गुरुङ र केशव आचार्यले पनि विभिन्न गजलकारका गजललाई संगीत मार्फत गाएका थिए । यसअघि गजल वाचन गरेर कार्यक्रमको उद्घाटन गर्दै कवि तीर्थ श्रेष्ठले केही अघिसम्म विकास हुन नसकेको गजलले छोटो समयमा लामो फड्को मारेको बताए । कार्यक्रममा गजल वाचन गर्ने गजलकार एवं गायकहरुलाई मायाको चिनोले सम्मान गरिएको थियो । संस्थाकी अध्यक्ष विर्सना बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक अमृत सुवेदी गुराँस, सह–सचिव मोहन भण्डारीले बोलेका थिए । त्यस अवसरमा गजल वाचनमा छानिएका गजलकारहरुले माया पीरतिसंग सम्बन्धित समसामयिक विषयमा व्यङ्यात्मक, चोटिला, मार्मिक, कारुणिक तथा ३÷३ वटा गजल वाचन गरेका थिए । उनीहरु को गजल सुन्न पोउवासंघको अमृत कक्ष दर्शकले खचाखच थियो । यसैबीच, मोती जयन्तीको दिन भदौ २९ गते सन्ध्याले नेपाली गजलमा मातीरामको योगदानको चर्चासहित गजल वाचन गरी मनाउने निर्णय गरेको छ ।
Post a Comment