0
गोल्डेन न्यूज संवाददाता
पोखरा २५ (पुम्दी भुम्दी) को तिलाहार आमा समूहले विहीबार सामुहिक रुपमा दरखुवाएको छ । महिलाहरुको महान पर्व हरितालिका तिज पर्वको अवसरमा एक आपसमा सदभाव कायम गर्ने उद्देश्यले तिलाहार, धारापानी, गोरेस्वारा लगायतका महिलाहरुलाई दर खुवाएको समूहका अध्यक्ष प्रेमकुमारी बरालले बताईन ।
समूहको भवनमा आयोजनामा भएको कार्यक्रममा करिब १ सय ५० जना सहभागि भएको समूहले जनाएको छ । कार्यक्रममा महिला विकास कार्यालयबाट वेलकुमारी गुरुङ लगायतका विभिन्न संघ संस्थाका पदाधिकारीहरुको समेत सहभागि रहेको थियो ।

Post a Comment

 
Top