0
गोल्डेन न्यूज संवाददाता
रोटरी क्लब अफ पोखरा मिट टाउन, रोट्र¥याक्ट क्लब अफ पोखरा मिट टाउन र इनरह्वील क्लब अफ पोखरा मिट टाउनको संयूक्त तीज विशेष कार्यक्रम कास्की नेत्रहीन संघका महिला दिदीबहिनीसंग लोक दोहोरी गायक तथा कलाकार प्रजापति पराजुलीको प्रमुख आतिथ्यमा तीज कार्यक्रम सम्पन्न भएको छ ।  तीज कार्यक्रममा रोट्र¥याक्टका अध्यक्ष राजु पौडेलले कार्यक्रमका बारेमा प्रकाश पार्दै सेवा भावनाले सर्मर्पित यो सस्थाले यो भन्दा पहिला बृद्धबृद्धाहरु, एकल महिलाहरु र कारागारका बन्दी महिला दिदि बहिनीहरुसँग गरी प्रत्येक बर्ष फरक तरिकाबाट तीज कार्यक्रम गर्दै आएको र यो बर्षको तीजलाई कास्की नेत्रहीन संघका दिदी बहिनीहरुसँग तीजको अवसर पारी रमाइलो भेटघाट र तीज कार्यक्रम आयोजना गरेको बताउँदै दृष्टिबिहिन दिदिबहिनीहरुसँगको यो भेटघाटले आफूलाई यस्ता कार्यहरु गर्नका लागि थप हौसाला र प्रेरणा मिलेको बताए । प्रमुख अतिथि लोक दोहोरी गायक तथा कलाकार प्रजापति पराजुलीले यस क्लबले सामाजिक कार्यमा गरेको महत्वपूर्ण योगदानले आफू खुसी भएको बताउँदै  तीजको नाममा विकृति आएको र त्यता तडक–भडक तथा विकृतीलाई रोक्नका लागि कोशिष गरेको र संस्कृति जोगाउनका लागि पनि आफूले भूमिका खेलेको बताए । तीजका गीतहरु गाउँदै दृष्टिबिहीन महिला दिदि बहिनीहरुलाई छमछमी नचाएका थिए । कार्यक्रममा रोटरी क्लब अफ पोखरा मिट टाउनका अध्यक्ष पुरन कूवँरले रोटरीको भावना अनुसार कार्यक्रम गरेको र यो कार्यक्रमले समाजमा सकारात्मक सन्देश जाने बताउँदै कार्यक्रम सफल पार्न सहयोग गरेका सम्पूर्णलाई धन्यबाद दिए । कास्की नेत्रहीन संघका अध्यक्ष लक्ष्मण सुबेदीले आफ्नो संस्थामा आई तीज कार्यक्रमको आयोजना गरेकोमा आयोजक संस्थालाई धन्यवाद दिंदै अन्य थप कार्यक्रमहरुमा पनि सहकार्य गर्नका लागि आग्रह गरे । रोटरी क्लबका अध्यक्ष पुरन कुवँरको अध्यक्षतामा भएको कार्यक्रममा शुभकामना मन्तव्य इनरह्वील क्लबकी अध्यक्ष भक्ति गुरुङ्गले राखेकी थिइन भने कार्यक्रमको सञ्चालन रोटरी क्लबका अध्यक्ष सन्तोष पोख्रेलले गरेका थिए । 

Post a Comment

 
Top