0
गोल्डेन न्यूज संवाददाता
जिल्ला पशु सेवा कार्यालय कास्कीले पोखरा–२६ सराङकोटको पामे नजिक चंखपुरमा महिला बाख्रापालन समूह गठन गरेको छ । स्थानीय महिला दुर्गा तिमल्सिनाको नेतृत्वमा ३० सदस्यीय समूह गठन भएको हो ।
महिलाहरुको आयआर्जनमा सहयोग पु¥याउने उद्देश्यले समूह गठन गरिएको कार्यालय प्रमुख वरिष्ठ पशु चिकित्सक राकेश प्रजापतीले जानकारी दिए । सो अवसरमा बाख्रापालक कृषकहरुलाई निःशुल्क माटे जुकाको औषधिसमेत वितरण गरिएको छ । कृषक समूहमा बाख्राको खोर सुधार गर्नका लागि ५० हजार रूपैयाँ र २ वटा प्रजनन् व्याडे बोका खरिदका लागि ३० हजार रूपैयाँ सहयोग गरिने उनले बताए । आवश्यकता अनुसार समय समयमा बाख्रापालन सम्बन्धी तालिमसमेत प्रदान गरिने स्वास्थ्य प्राविधिक सुरेश श्रेष्ठले जानकारी दिए । ‘घाँसको बीउ र बेर्नाहरु पनि कार्यालयबाट सहयोग प्रदान गर्छौं,’ उनले भने,–‘बाख्राहरुलाई रोग नलागोस् भनेर खोपलगायत प्राविधिक सेवाहरु उपलव्ध गराइनेछ ।’ समूहमा ३० जना महिलाहरु सहभागी भएका छन् । समूह गठन कार्यक्रममा कार्यालय प्रमुख राकेश प्रजापती, पशु विकास अधिकृत शम्भुराज पाण्डे, पशु स्वास्थ्य प्राविधिक सुरेश श्रेष्ठ, पशु सेवा केन्द्र पामेका सेवा केन्द्र केशवराज पौडेललगायत सहभागी थिए ।


Post a Comment

 
Top