जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका एक थुनुवाले छलबाट हामफालेर हात्महत्याको प्रयास गरेका छन् । विदेशी महिला बेपत्ता रहेको मुद्धामा अनुसन्धानका लागि हिरासतमा रहेका कास्की धिताल–३ का ४० बर्षीयनारायण प्रसाद पौडेलले शुक्रवार दिउसो आत्महत्याको प्रयास गरेका हुन् । जिल्ला प्रहरीको माथिल्लो तल्लमा रहेको सोधपुछ कक्षबाट हामफालेका उनको अबस्था गम्भिर छ । उनको अहिले पोखराको मनिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ । उनी अगष्ट ७ तारिकदेखि बेपत्ता अमेरिकन नागरिक २५ वर्षकी डेरिया याईयाको बिषयमा सोधपुछका लागि विहिवार पक्राउ परेका थिए । शुक्रवार विहान सोधपुछ कक्षमा खाना खान हत्कडी खोलेका बेला उनी झ्यालबाट हामफालेको प्रहरी नायव उपरीक्षक गोविन्द अधिकारीले बताए । अमेरिकन महिलाको अवस्था अहिलेसम्म अज्ञात छ । उनको कपडा भने पौडेलको घरमा फेला परेको प्रहरीले जनाएको छ । स्रोतका अनुसार अमेरिकन महिला पोखराको केआईसिंह पुलबाट बेपत्ता भएकी थिईन । घटनापछि कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर राउत,पश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक पंकज श्रेष्ठ, गण्डकी अञ्चल प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वलराम शर्मा पौडेल जिल्ला प्रहरी परिसरमा पुगेको पिस पोखरामा खबर छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment