गोल्डेन न्यूज संवाददाता
नेपाल सर्भेयर्स एशोसिएशन पश्चिमाञ्चल क्षेत्रीय समिति तथा नापी कार्यालय कास्कीद्वारा आयोजना गरिएको रक्तदान कार्यक्रममा १९ युनिट रगत संकलन भएको छ । २५औं सर्भेदिवसको अवसर पारि आयोजित कार्यक्रम संस्थाका अध्यक्ष भरतराज आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा सूर्यबहादुर कार्की, हरिराम यादव, सञ्जीतकुमार श्रेष्ठ, प्रकाश अधिकारी, दामोदर भट्टराई, दिनेश वखुन्छे, सन्तोष ढकाल, राजेश रानामगर, कमल भुजेल, वीरेन्द्र थापा, रामहरि भण्डारी, कुमार घोरासाइने, दीवाकर सुवेदी, बासुदेव पौडेल, रत्नबहादुर खड्का, नेत्र प्रसाद पाण्डे, राजेन्द्र थापा, विदुर प्रसाद फुँयाल र कमल भण्डारी सहित १९ जनाले रक्तदान गरेको अध्यक्ष आचार्यले जानकारी दिए । रक्तदाताहरुलाई रक्त सञ्चार केन्द्र पोखराका प्राविधिक अर्जुन ज्ञवालीसहितको ३ सदस्यीय टोलीले प्राविधिक सहयोग गरेका थिए ।
Post a Comment