गोल्डेन न्यूज संवाददाता
पोखरा १२ असोज ।
लायन्स क्लव अफ पोखरा सुन्दर नगरीको चौथो पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । सुन्दरनगरीकोको नयाँ अध्यक्षमा तोयराज अधिकारी रहेका छन् । उनी पोखराको कास्की फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत समेत हुन् । लायन वर्ष २०१४÷०१५ का अध्यक्ष विनोद ज्ञवालीले आफ्नो पदमा अधिकारीलाई राखेर पदस्थापित गराएका थिए । सुन्दर नगरीको नयाँ कार्यसमिति प्रथम उपाध्यक्षमा महेश पौडेल, द्वित्तीय उपाध्यक्षमा शिव बहादुर थापा, तृतीय उपाध्यक्षमा शोभाकर भण्डारी, मेम्वरशिप चियर पर्सनमा हरिशभन्द्र शर्माका साथै सचिवमा यज्ञराज पौडेल, कोषाध्यक्षमा पदम बहादुर ढकाल, सह–सचिवमा रामेश्वर अधिकारी र सह–कोषाध्यक्षमा रुक्माङ्गत पोखरेल रहेका छन् । त्यस अवसरमा लायन्स क्लवज अफ बेगनासको समेत उद्घाटन गरिएको थियो । बेगनास क्लवको संस्थापक अध्यक्षमा ऋषिराम रानाभाट रहेका छन् ।
कार्यक्रमको उद्घाटन गर्दै लायन्स क्लव अफ डिष्ट्रिक्ट ३२५ बी १ नेपालका गभर्नर ध्रुव थापाले सुन्दर नगरी लायन्सले छोटो समयमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको बताए । कार्यक्रममा डिष्ट्रिक्ट सचिव विश्वेश्वर आचार्यले क्लवका थपिएका नयाँ सदस्यहरुलाई पदस्थापन गराउनुका साथै लायन्सको गतिविधिबारे जानकारी गराएका थिए । कार्यक्रममा पूर्व मल्टिपल चियर पर्सन प्रेमबहादुर श्रेष्ठ, दीपक श्रेष्ठ, डिष्ट्रिक्ट एडभाइजर दिनवन्धु पौडेल, क्लवका पूर्व अध्यक्ष थीरबहादुर थापा, नयाँ सचिव यज्ञराज पौडेल, टेमर दीपेन्द्र सुवेदी लगायतले आ–आफ्नो भनाइ राखेका थिए । त्यस अवसरमा २०१४÷ ०१५ का अध्यक्ष नेत्र ज्ञवालीले आफ्नो कार्यकालमा महत्वपूर्ण सहयोग गर्नेहरुलाई मायाको चिनोद्वारा सम्मान गरेका थिए । यस्तै क्लवका आवद्ध रहेकाहरु मध्ये विभिन्न क्षेत्रबाट पुरस्कृत एवं सम्मानित भएकाहरु कल्पना थापा क्षेत्री, तोयराज अधिकारीलाई सम्मान र लायन अफ दी इयरबाट बाबुराम पाण्डेलाई सम्मान गरिएको थियो । त्यस अवसरमा उनले आफ्नो कार्यकालमा गरेका कामहरुको जानकारी गराएका थिए । लायन वर्ष २०१४÷१५ का अध्यक्ष नेत्र ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ध्वजाको अभिवादन कार्यक्रम संयोजक पदम बहादुर ढकाल, स्वागत महेश पौडेल, कार्यक्रम संचालन शिवबहादुर थापा र धन्यवाद ज्ञापन पूर्व अध्यक्ष थीरबहादुर थापाले गरेका थिए । कार्यक्रममा जोजिजू म्युजिक सेन्टरका निवोद जोजिजूले स्वदेशगान प्रस्तुत गरेका थिए । कार्यक्रममा सुन्दर नगरीका नयाँ अध्यक्ष अधिकारी र बेगनास क्लवका नयाँ अध्यक्ष रानाभाटले आ–आफ्नो भावी रणनीतिको बारेमा जानकारी गराएका थिए ।त्यस अवसरमा बोल्दै सुन्दरनगरीका नयाँ अध्यक्ष अधिकारीले समाज सेवाको आवश्यकता विश्वका अन्य विकसित मुलुकहरुको तुलनामा नेपालमा धेरै रहेको स्पष्ट पार्दै आफ्नो कार्यकाल सोचे अनुरुपनै सफल हुनेछ भन्ने विश्वास व्यक्त गरे । साथै आफ्नो कार्यकाललाई छुट्टै पहिचानको बनाउन सक्रिय भएर लाग्ने समेत प्रतिवद्धता उनले जनाए । कार्यक्रमको दोस्रो सत्र अध्यक्ष तोयराज अधिकारीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा क्लवद्वारा प्रकाशित स्मारिका–३ समेत विमोचन गरिएको थियो ।

Post a Comment