गोल्डेन न्यूज संवाददाता
संविधानसभाले नयाँ संविधान पारित गरि घोषणा गर्ने तयारी छ । नयाँ संविधानलाई मुलुकभर स्वागत गरिंदैछ भने संविधान जारी गरेको दिन मुलुकभर दीपावली गर्ने गर्ने कार्यक्रम तय भएको छ । यसैक्रममा नयाँ संविधानले पोखराले उल्लाषमय वातावरण बनाउँदै गएको छ । नयाँ संविधानको स्वागतार्थ कास्कीमा क्रियाशील राजनीतिक दलहरुले संयुक्तरुपमा ¥याली, दीप प्रज्वलन कार्यक्रम गर्ने भएका छन् । यसैगरी पोखरा उद्योग वाणिज्य संघले सम्पूर्ण सदस्य व्यवसायीहरुलाई नयाँ संविधानको स्वागतार्थ घर–घरमा दीपावली गर्न र ¥यालीमा सहभागी हुन आग्रह गरेको छ । जनआन्दोलन २०६२÷ ०६३ मा संविधानसभाबाट संविधान जारी गर्ने मागसहित सडक आन्दोलनमा होमिएका कास्कीका राजनीतिक पार्टीहरु फेरी एक दशकपछि संविधान जारी भएको खुशीयालीमा एउटै मञ्चमा प्रस्तुत हुदै छन् । आइतबार सार्वजनिक हुने नेपालको संविधानको स्वागत गदै कास्कीका राजनीतिक दलहरुले संयुक्त रुपमा दीपावली तथा सोमबार र्याली र सभाको आयोजना गर्ने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् । विभिन्न ६ राजनीतिक दलहरु नेपाली काँग्रेस, नेकपा एमाले, एनेकपा माओवादी, नेकपा माले, राष्ट्रिय जनमोर्चा र राप्रपा नेपालको शुक्रबार बसेको संयुक्त बैठकले संविधान निर्माणको खुशियाली संयुक्त रुपमा मनाउने निर्णय गरेका थिए । संविधान घोषणा हुने दिन असोज ३ गते आइतबार दलहरुले दीपावली गर्ने छन । दिउसो तीन बजे दलहरुले संयुक्त रुपमा पोखराको पृथ्वीचोकमा दीपावली गर्ने पत्रकार सम्मेलनमा जानकारी दिएका छन् भने असोज ४ गते संयुक्त सभा र जुलुस निकालिने एनेकपा माओवादी कास्कीका अध्यक्ष दीपक कोइरालाले पत्रकार सम्मेलनमा जानकारी दिए । बिहान ११ बजे पोखरा सभागृहचोक बाट सुरु हुने जुलुस चिप्लेढुङ्गा मानवअधिकार चोकमा पुगी सभामा परिणत हुने उनले बताए । कोणसभामा सबै राजनीतिक दलका नेताहरुले सम्बोधन गर्नेछन् भने लामो र कठिन प्रयासपछि जारी हुने संविधानको खुशियाली साटासाट गर्नेछन् । ‘यस विशेष र गौरपूर्ण अवसरमा कास्कीमा क्रियाशिल लोकतन्त्र, न्याय र परिर्वतनका पक्षधर राजनीतिक दलहरुको बैठकले नयाँ संविधानको घोषणालाई विशेष उत्सवका रुपमा मनाउने निर्णय गरेका छौं’–संयुक्त प्रेस विज्ञप्तिमा भनिएको । शहरका मुख्य चोक र गाँउमा सर्वदलीय आयोजनामा दीपावली गर्ने कार्यक्रम समेत तय गरिएको एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले बताए । नयाँ संविधान नेपाली जनताको चाहाना र सपना भएकाले सवैले खुशीयाली मनाएर स्वागत गरेर मनाउन आग्रह गर्दछांै थापाले भने । दुवै दिनका कार्यक्रममा सहभागी भई नयाँ संविधानलाई राष्टिय उत्सवको रुपमा मनाउने अभियानमा सहभागी हुन सम्पुर्ण राजनीतिक नेता, कार्यकता, उद्योगी, ब्यवसायी पेशाकर्मी, समाजसेवी, समाजिक संघसंस्था, अधिकारकर्मी, संचारकर्मीहरुलाई आग्रह सेमत राजनीतिक दलहरुले गरेका छन् । पत्रकार सम्मेलनमा एमाओवादी अध्यक्ष दिपक कोइराला, एमाले अध्यक्ष कृष्ण थापा, नेपाली काँग्रेस कास्कीका कोषाध्यक्ष दिवसमान प्रधानाङ्ग, राष्टिय प्रजातन्त्र पार्टी कास्कीका सचिव गणेशबहादुर ढकाल, राष्ट्रिय जनमोर्चाका इन्चार्ज शंकर बराल, नकेपा (माले) का सचिव होमनाथ गिरी उपस्थित थिए ।
यसैगरी नेपाल स्वास्थ्यकर्मी संघ पश्चिमाञ्चल क्षेत्रीय कार्यसमितिले पनि नयाँ संविधान जारी हुने मिति असोज ३ गते सोमबार सम्पूर्ण स्वास्थ्यकर्मीहरुको घर–घरमा दीपावली गर्दै नेपाली कांग्रेस कासकीको पार्टी कार्यालय चिप्लेढुङ्गामा हुने दीपावली कार्यक्रममा सहभागी हुन आग्रह गरेको । संघको क्षेत्रीय कार्यसमितिको बैठक पश्चात् अध्यक्ष नारायण बरालले एक वक्तव्य जारी गर्दै स्वास्थ्यकर्मीहरुले नयाँ संविधानलाई स्वागत गर्नुका साथै घर–घरमा दीपावली गर्न आग्रह गर्ने निर्णय गरेको बताए । बैठकमा संघका केन्द्रीय सदस्य तेजाखर लम्साल, कास्की जिल्ला अध्यक्ष उदयकान्त तिवारी, क्षेत्रीय उपाध्यक्ष नगेन्द्र ठकुरी, कमला थापा, नवराज भण्डारी, सह–सचिव शार्दूल अर्याल, कोषाध्यक्ष ढालबहादुर थापा लगायतले संघको भावी रणनीतिमा छलफल गर्दै विभिन्न सुझाव दिएका थिए । यसैगरी नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति कास्कीले नयाँ संविधान घोषणाको अवसरमा आयोजना गरिएको मोटरसाइकल ¥यालीका साथै मैनवत्ति प्रज्वलनको तयारी पूरा भएको संघका कास्की संयोजक सुवास कोइरालाले बताए । उक्त कार्यक्रममा नेपाली कांग्रेस कास्कीका पूर्व सभापति एवं नेता शुक्रराज शर्मा प्रमुख अतिथि रहने र पूर्व सभापति शोभियतबहादुर अधिकारी, नेता भोजबहादुर सिकन्दरले सम्बोधन गर्ने कार्यक्रम तय भएको संयोजक कोइरालाले बताए ।
यसैगरी नयाँ संविधान संसदबाट पारित भएको खुशियालीमा अनेरास्ववियुको देशव्यापी कार्यक्रम अन्तर्गत अनेरास्ववियु जनप्रिय बहुमुखी क्याम्पस कमिटीले शनिबार दिप प्रज्वलन गरेको छ । कार्यक्रम उद्घाटन गर्दै नेकपा एमाले कास्की जिल्ला कमिटी सदस्य मनकुमार श्रेष्ठले नेपालको संविधान २०७२ जारी भएसँगै अब नेपालमा भएका तमाम विभेदहरुको अन्त्य हुने बताए । कार्यक्रममा विद्यार्थीहरुले नेपालको नक्सा बनाएर दीप प्रज्वलन गर्दै राष्ट्रिय गान गाएर नेपालको नयाँ संविधानलाई स्वागत गरेको अनेरास्ववियु जनप्रिय सम्मेलन आयोजक कमिटी संयोजक दिपिन ढकालले बताए । अनेरास्ववियु जनप्रिय सम्मेलन आयोजक कमिटीका संयोजक दिपिन ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कमिटीका सदस्य सचिव अनिलबाबु खड्काले गरेका थिए । यसैबीच पोखरा उपमहानगरपालिका वडा नं. १८ मनकामना टोलमा रहेको मनोहर क्लबको शनिवार बसेको वैठकलले विविध निर्णय गरेको छ । पहिलो संविधान सभाबाट संविधान बन्न नसकेपछि पुनः दोश्रो संविधान सभाकोचुनाव बाट निर्वाचित सभासदहरुले ढिलै भए पनि संविधान तयार गरी यही २०७२ असोज ३ गते संविधान घोषणा गरी जारी गर्ने भएकोमा त्यसको स्वागत गर्ने निर्णय गरेको छ । क्लबका अध्यक्ष रामजी जि.सी.को अध्यक्षतामा बसेको वैठकको सञ्चालन सचिव रविकिरण पराजुलीले गरेका थिए ।
Post a Comment