गोल्डेन न्यूज संवाददाता
पोखराको चिप्लेढुङ्गामा रहेको ‘मुनाल स्टोर्स’ सोमबारदेखि १७औं वर्षमा प्रवेश गर्दैछ । वि.सं.२०५६ भदौ २१ गते व्यापार शुरुवात गरेको स्टोर्सले पोखरा र आसपासका जनतालाई सुपथ मूल्यमा, सुलभ तरिकाले गुणस्तरीय सामान उपलब्ध गराइरहेको संचालक मोती भूजेलले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । ‘मुनाल स्टोर्सलाई पूर्ण कम्प्यूटर प्रणाली र सीसी क्यामेरा जडान गर्दै सुविधा सम्पन्न आधुनिक डिपार्टमेन्टल स्टोर्समा परिणत गरिएको छ,’ उनले भने । स्टोर्समा सामान किन्नका लागि छिमेकी जिल्ला स्याङ्जा, पर्वत, तनहँु, बाग्लुङ, म्याग्दी, मुस्ताङ र मनाङ लगायतका जिल्लाबाट ग्राहकहरुले आउने गरेका छन् । पारिवारिक वातावरणमा विभिन्न उपभोग्य सामानहरु छिटोछरितो रुपमा ग्राहकलाई उपलब्ध गराइरहेको भुजेलले बताए । ‘पारिवारिक वातावरणमा स्तरीय सेवा प्रदान गरेकै कारण आम उपभोक्ताको मन जित्न सफल भएका छौं,’ भुजेलले भने,–‘आगामी दिनमा सेवालाई अझ बढी परिस्कृत गर्दै अगाडि बढ्छौं । वार्षिकोत्सवका अवसरमा स्टोर्सले सम्पूर्ण ग्राहकहरुलाई धन्यवाद ज्ञापन गर्दै सेवा सुविधामा सधैं समर्पित हुने प्रतिबद्धतासमेत व्यक्त गरेको छ । ‘ग्राहकको मायाले नै हामी यहाँसम्म आइपुगेका छौं’ संचालक भूजेलले भने–‘ग्राहकको अझ माया पाउनेमा हामी विश्वस्त छौं ।’ मुनाल स्टोर्सले अझ सेवा बिस्तार गर्दै अगाडि बढ्ने उनले बताए । १६ वर्ष अघि सञ्चालनमा आएको मुनाल स्टोर्सले ८ वर्ष अगाडिबाट पूर्ण कम्प्युटर सिस्टमसहित सुविधा थप गरी डिपार्टमेन्टल स्टोर्समा परिणत भएको थियो । मुनाल स्टोर्स गृहणी तथा आम उपभोक्ताको प्रमुख रोजाइ बन्न सफल भएको प्रवन्धक निर्देशक केशर कुमार थापाले बताए । पारिवारिक वातावरणमा सपिङ गर्न पाइने भएकाले सधैं मुनाल डिपार्टमेन्टल स्टोर्सबाट सामान किन्ने गरेको पोखरा फूलबारीका शान्ति पाइजा पुनले बताइन् ।
Post a Comment