गोल्डेन न्यूज संवाददाता
अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवस नेपालमा विविध कार्यक्रम गरी मनाइएको छ । दिवसकै अवसरमा पोखरामा नेपाल शिक्षक महासंघ कास्कीले शिक्षा ऐन लागू नगरेको विरोध स्वरुप ¥याली निकालेको छ । चिप्लेढुङ्गाबाट सुरु भएको ¥याली महेन्द्रपूल, पालिखेचोक नदिपुर, बगर हुँदै जिल्ला शिक्षा कार्यालयमा पुगेर सभामा परिणत भएको थियो । महासंघले शिक्षा ऐन लागू नगरेको, शिक्षकका हकहितका लागि गरिएको ३७ बुँदे सहमति कार्यान्वन नगरेको, शिक्षक सेवा आयोगलाई संवैधानिक निकाय नबनाउन चलखेल भएको, अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धा बाट स्थायी नगरेको, विद्यालयका कर्मचारी तथा लेखापाला लाई दरबन्दी नबनाएको, उच्च माविमा दरबन्दी कायम नगरेको लगाएतका सहमति कार्यान्वयन नभएको भन्दै नेपाल शिक्षक महासंघ कास्की र केन्द्रीय कार्यालयको आह्वान अनुसार शिक्षकहरुले जिल्ला शिक्षा कार्यलयमा नै हाजिर गरेका हुन् । कार्यक्रममा नेपाल शिक्षक युनियन कास्कीका अध्यक्ष जगन्नाथ अधिकारी, शिक्षक महासंघका केन्द्रिय उपाध्यक्ष दिपक पौडेल, केन्द्रिय सदस्य किशोरदत्त बराल, लोचना अधिकारी त्यस्तै विद्यार्थी नेताहरु शेखर गौतम, हरिबोल गौतम, कृष्णराजा दाहाल लगायतले ऐक्यवद्धता जनाएका थिए । कार्यक्रममा शिक्षक शिक्षिकाहरुको उल्लेख्य सहभागीता रहेको थियो । सोही अवसरमा २०७१ सालको एस.एल.सी. मा कास्की सामुदायिक विद्यालय तर्फ सर्वोकृष्ठ अङ्क (९१) प्रतिशत ल्याउन सफल शान्त उच्च मावि भकुण्डेका छात्र सुजन तिमिल्सिना लाई २ हजार नगद र सम्मान पत्रले सम्मान गरिएको थियो । कार्यक्रममा डाल्दादेवी भुजेलले विरोध स्वरुप तीज गित प्रस्तुत गरेका थिए । नेपाल शिक्षक संगठन कास्कीका अध्यक्ष रामप्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक संघ कास्कीका अध्यक्ष शिरोमणि लामिछानेले गरेका थिए ।
Post a Comment