गोल्डेन न्यूज संवाददाता
सुनौलो पव्लिकेशन प्रालि पोखराको प्रकाशन गोल्डेन न्यूज दैनिक ‘क’ वर्गमा सुचिकृत भएको छ । प्रेस काउन्सिल नेपालले मूल्याङ्कन गरि केही दिनअघि नतिजा सार्वजनिक गर्दै गोल्डेनन्यूज दैनिकलाई ‘क’ वर्गमा राखेको हो । स्थापनाकालको पहिलो वर्षदेखि नै ‘क’ वर्गमा पर्न सफल गोल्डेन न्यूज दैनिक गत असारमा प्रकाशित प्रेस काउन्सिल मूल्याङ्कन नतिजामा ‘घ’ वर्गमा सुचिकृत थियो । त्यसलगत्तै गोल्डेनन्यूज दैनिकले प्रेस काउन्सिल नेपालमा पुनः मूल्याङ्कन गरिपाउँ भनि निवेदन पेश गरेको थियो । त्यसपछि काउन्सिलले पुनःमूल्याङ्कन गर्दै गोल्डेनन्यूजलाई ‘क’ वर्गमा सुचिकृत गरेका हो । विगत ७ वर्षदेखि ‘क’ मा सुचिकृत पत्रिका गत असारमा एकाएक ‘घ’ मा पारिएपछि सबैले आश्चर्य प्रकट गरेका थिए । ‘गोल्डेन न्यूज दैनिक पोखरेलीको माया र सद्भावले स्थापनाकालदेखि नै विशेष लोकप्रियता हासिल गर्दै आइरहेको पत्रिका हो.
Post a Comment