0
गोल्डेन न्यूज संवाददाता
पोखरा पिस क्लवद्वारा आयोजित नवौं पोखरा पिस क्रिकेट कप २०७२ अन्तर्गत सोमबार दुई खेल सम्पन्न भएका छन् । सोमबार भएको पहिलो खेलमा म्याजिक क्लव पोखराले स्याङ्गजा युनाइटेड लाई ३ विकेटले पारजित गरेको छ भने दोस्रो खेलमा धौलागिरी क्रिकेट क्लव बाग्लुङ्गले पोखरा क्रिकेट एकेडेमीलाई ६६ रनले पराजित गरेको छ । पहिलो खेलमा म्याजिक क्रिकेट क्लवले टस जितेर पहिले बलिङ्ग गर्ने निर्णय गरेको थियो । स्याङ्गजा युनाइटेडले २० ओभरमा ५ विकेट गुमाएर १ सय ३३ रनको योगफल तयार पारेको थियो । उक्त योगफल तयार पार्ने क्रममा स्याङ्गजाका रविले ३४ रन र गोविन्दले ३० रनको योगदान गरेका थिए । बलिङ्गमा म्याजिकका करन केसीले २ विकेट लिन सफल भए । १ सय ३४ रनको लक्ष्य लिएर मैदामा उत्रेको म्याजिकले राष्ट्रिय खेलाडी समेत रहेका करण के.सी.को विष्फोटक ६० रन, जुगलको २२ रनको मद्दतले १३.५ ओभरमा उक्त लक्ष्य पार गरेको थियो । स्याङ्गजाका अर्जुन र भीमले २।२ विकेट हात पारे । २ विकेट सहित ६० रन बनाएका करण के.सी.उक्त खेलका म्यान अफ दी म्याच घोषित भए । सोमवार नै भएको दोस्रो खेलमा धौलागिरी क्रिकेट क्लव बाग्लुङ्गले टस जितेर व्याटिङ्गको निर्णय गर्दै १८ ओभरमा १ सय ४० रनमा समेटिन पुगेको थियो । उक्त योगफल तयार पार्ने क्रममा किसनले २२ रन, रोमनले २१ रन बनाएका थिए । पोखरा क्रिकेट एकेडेमीका विजय रावत, चन्द्र गुरुङ्ग र विष्णुले समान ३÷३ विकेट लिन सफल रहे । १ सय ४१ को लक्ष्य पछ्याउने क्रममा १५.४ ओभरमा ७४ रनममा समेटिने क्रममा पोखरा क्रिकेट एकेडेमीका अनुजे २५ रनको योगदान दिए । बलिङ्गमा धौलागिरीका प्रविन ३ र किसानले ३ विकेट लिएका थिए । धौलागिरीका किसान म्यान अफ दी म्याच घोषित भए । दुवै खेलका म्यान अफ दी म्याचलाई  क्लवका सदस्य श्रीराम के.सी. र मुक्तिराम बरालले ट्रफी प्रदान गरेका थिए । प्रतियोगिता अन्तर्गत मंगलबार क्वाटरफाइनलका खेलहरु हुनेछन् । पहिलो खेल बिहान ९ः१५ बजे अल इन वान क्रिकेट क्लव र लामाचौर क्रिकेट क्लवका बीच र दोस्रो खेल दिउँसो १ः०० बजे पोखरा क्रिकेट क्लव र स्याङ्गजा युनाइटेड ब्वाइज क्रिकेट क्लवका बीच हुने आयोजक क्लवका सदस्य अनिल के.सी.ले जानकारी दिए । प्रतियोगिता मालेपाटनको खेल मैदानमा भैरहेको छ ।

Post a Comment

 
Top