गोल्डेन न्यूज संवाददाता
लायन्स क्लब अफ पोखरा टुरिजम सिटीको आयोजना तथा एशियन पेन्ट्सको पोखराका लागि आधिकारिक विक्रेता केबि हार्डवयर सिमलचौरको मुख्य प्रायोजनमा असोज २६ गने लायन्स नाईट नामक कार्यक्रम हुने भएको छ । कार्यक्रममा पोखरा र आसपासका लायन्स क्बलका सदस्य तथा लायन्स क्लबमा आबद्ध नभएका ब्यक्तिहरुको सहभागिता रहने कार्यक्रमको बारेमा जानकारी दिनका लागि पोखरामा सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष तथा कार्यक्रम संयोजक प्रदिप कुँवरले जनाए । उनले भने लायन्स क्लब ३२५ बी वान नेपालमा आबद्ध क्लबहरु तथा क्लबमा आबद्ध नभएका पोखराका लब्धप्रतिष्ठित ब्यक्तित्वहरु बीच दशैँ शुभकामना, भाइचारा अभिबृद्धि तथा आत्मीय सम्बन्धलाई कायम राख्नका लागि कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्यक्रममा नेपालका ख्याति प्राप्त कलाकारहरु बिनोद बानियाँ, धर्मेन्द्र सेवान तथा प्रमोद खरेलको सांगीतिक प्रस्तुतिका साथै मिस नेपाल टप फाइभ फाइनलिस्ट, राष्ट्रिय भलिबल खेलाडी तथा नेपाली फिल्मका नायिका सिपोरा गुरुङ्ग सहितका मोडलहरुको कल्चरल फेशन शो प्रस्तुत गर्नेछन । कार्यक्रमबाट बचेको रकम भूकम्प पीडित स्कुल पुनर्निर्माण गर्नका लागि खर्च गरिने क्लबका सचिब तथा कार्यक्रमका प्रचार–प्रसार संयोजक सञ्जय मल्लले बताए ।
कार्यक्रममा बोल्दै लायन्स क्लब डिष्ट्रिक्ट ३२५ बी वानका मिडिया कमिटी चियरपर्सन सुदिपराज ढुङ्गानाले छोटो समयमा नै लायन्स क्लब अफ पोखरा टुरिजम सिटीले पोखरामा समाजसेवामा आफ्नो हस्तक्षेपकारी भूमिका निर्वाह गरेको खुशी प्रकट गरे । उनले उत्साही युवाहरुले आँटेमा जस्तो काम पनि गर्न सकिने भन्दै कार्यक्रमको सफलताको शुभकामना दिए । क्लबका प्रथम उपाध्यक्ष सुदिप पौडेलले क्लब भर्खरै बामे सर्दै गरेको भए पनि समाजसेवामा योगदानका लागि भावी दिनहरुमा विभिन्न महत्वकांक्षी योजनाहरु रहेको सुनाए । कार्यक्रम सम्पन्न गर्नका लागि क्लबका अध्यक्ष प्रदिप कुँवरको संयोजकत्वमा १५ समिति कार्यसमिती चयन गरिएको छ । जसमा कार्यक्रम संयोजक क्लबका अध्यक्ष प्रदिप कुँवर, सह–संयोजक, प्रथम उपाध्यक्ष सुदिप पौडेल, निमन्त्रणा तथा जनसम्पर्क संयोजक तृतिय उपाध्यक्ष निरन केसी, इभेन्ट तथा प्रचारप्रसार संयोजक सचिब सन्जय मल्ल, अतिथि सत्कार संयोजक सहसचिब किसन गिरी, अर्थ संयोजक कोषाध्यक्ष एकराज गिरी, प्रायोजक तथा ब्यानर संयोजकमा सह–कोषाध्यक्ष सुनिल जिसी, निर्देशक बिरेन्द्र कँुवर, सल्लाहकार बिनय थापा तथा उत्तम गुरुङ्ग रहेका छन ।
त्यसैगरि टिकट ब्यवस्थापन संयोजकमा पिआरओ सन्जय भट्टराई, मायाको चिनो संयोजकमा टेल ट्वीस्टर क्षितिज तुलाचन, मञ्च सज्जा संयोजकमा निर्देशक अश्विन कार्की, साउण्ड तथा लाइटसिस्टम संयोजकमा सल्लाहकार बिधान कोइराला, यातायात ब्यवस्थापन संयोजकमा हेमन्त मल्ल, स्टल ब्यवस्थपान संयोजकमा विश्वयज्ञधिर पौडेल घर्ति, भोजन ब्यवस्थापन संयोजकमा विकास लामिछाने र सुरक्षा संयोजकमा भिम क्षेत्री रहेका छन् । इभेन्ट ब्यवस्थापनको जिम्मा पब्लिक इभेन्टले लिएको छ ।
लायन्स क्लब अफ पोखरा टुरिजम सिटी यहि २०७२ सालमा स्थापना भएको लायन्स अन्तर्राष्ट्रिय अन्तर्गतको क्लब हो । मूलतः समाजसेवाको क्षेत्रमा आफ्नो योगदान पुर्याउनका लागि पोखरामा बिभिन्न पेशा ब्यवसाय गरि बस्ने ४२ जना युवा साथीहरु संलग्न क्लबले शिक्षा, स्वास्थ्य, पर्यटन तथा बातावरणको क्षेत्रमा काम गर्ने लक्ष्य लिएको छ ।
Post a Comment