0
राजाराम पौडेल÷गोल्डेन
तीज गीत निकाल्ने की ननिकाल्ने भन्ने अन्यौलताका बीच यो वर्ष पनि सयाँैको संख्यामा तीज गीत दर्शक श्रोतामाझ आएका छन् । बैशाख १२ को विनाशकारी भुकम्प र त्यस पछाडि आएका पराकम्पनका कारण तीज गीत ननिकाल्ने निष्कर्षमा धेरै कलाकार पुगेको भएपनि यतिबेला भने तीज गीत निस्कने क्रम बढेको छ । यस्ले नेपालीहरु महिलाहरुको महान् चाड तीज आउन केहि दिन बाँकी रहदै गर्दा तीजको चहलपहल उत्कर्षमा पुगेको आभाष गराएको छ । रेडियो, टेलिभिजन, इन्टरनेट मा तीज गीतको चर्चा छ । विगतका वर्षहरुमा तीज आउन झण्डै तीन महिना अघिबाटै तीजका गीत बजारमा आउन थाल्ने गरेपनि यो वर्ष केहि ढिला शुरु भयो । तीजको अवसरमा एल्बम निकालेर कति कलाकारलाई आम्दानी गर्ने धूनमा छन् । कतिले रहरले गीत निकालेका छन् । चर्चामा आउने उद्देश्यले गीत निकाल्नेहरु पनि बाक्लै छन् । त्यतिमात्र हैन कोहीले निरन्तरता दिनमा गीत निकाल्दैछन् भने कोहीले कार्यक्रममा भागलिन । यिनै इच्छा र चाहनाकाबिच बजारले थेग्नै नसक्ने गरी तीज गीतको बाढी नेपाली साँगीतिक क्षेत्रमा एकैचोटि आएको छ । एल्बम विक्रि ठप्प भई पीडित भएका गायक गायिकाले तीजको गीत त हुन्छ अनि कार्यक्रममा सहभागी भई आम्दानी गर्न सकिन्छ कि भन्ने आशामा एल्बम निकालेका हुन् । तर छोटो समय बाँकी रहदाँ सर्यौँको संख्यामा गीत आउँदा सबै गीतको लगानी उठ्ने सम्भावना लगभग न्यून छ ।  एल्बम विक्री, भिसिडि, सिआरबिटी र पिआरबिटीको माध्यमबाट आम्दानी गर्ने सोच कलाबारले गरेपनि किनेर गीत सुन्ने चलन नहुँदा समस्या परेको स्वमं कलाकार गुनासो गर्छन् । हुनत कतिपय गीत टेलिभिजनका प्रोमो मात्र सीमित छन् । यसपालीको तीजलाइ केन्द्रित गरेर टीका पुन र किरण पुनको ‘डेटिङमा जाउँ हामी’, प्रकाश कटुवाल र श्रीदेवी देवकोटाको ‘ढाँडे विरालो’, सरस्वती लामिछाने र कृष्ण अखेलीको ‘आउने जाने बसैको भाडा तिरौला’, गीता श्रीको ‘लौ आयो तीजको लहर’, योजना पुरीको ‘ए शिव जी’, मञ्जु पौडेल र सन्तु थापाको ‘मुखैलै ठिक्क बनायौ’, शोभा त्रिपाठीको ‘मैले नाच देखाउला’, सरु गुरुङको ‘झुम्का हरायो’, कृष्ण रेउले र सिनम अधिकारीको ‘साईमा राजै’, रत्न वानिया र राधिका हमालको ‘भन्देउन संगी हो’, गायत्री थापाको ‘माइती घरको झल्को’, राजेन्द्र कडेँल र शिलु भट्टराइको ‘भाच्न कम्मर भाच’, पशुपति शर्माको ‘पशुपतिको पानीपुरी पसल’, सम्झना लामिछाने मगरको ‘को नाचेर थाक्नी’, रेखा शाहको ‘ब्रत बँसे तीजकैदिनमा’, चन्द्रा अर्याल र भागिरथ चलाउनेको ‘मेरो रुपैले’, अमित विश्वकर्माको ‘पैसा पठाउँदिन’, खुमन अधिकारी र उमा श्रेष्ठको ‘सीतारा टलल’, केन्द्र कुँवरको ‘राम्री भएर के हुदो रहिछ’, सुनीता दुलालको ‘इच्छा पु¥याइदेउ’,लक्ष्मी ढकालको ‘गर्छु सवको भलाई’, बैकुण्ठ महतको ‘घाटाको कारोबार’, दिपु मगरको ‘नाच्नु आमा नाच्नु’, कोमल ओलीको ‘पानी नखाई बस्नै पर्दैन’ लोक घले र रमा राना मगरको ‘म त हिरो हुँ’,सावित्री जोशीको ‘उडि आयो रानी चरी’ र ‘नाच्नै पालो दिन्न’, बोलका गीत आएका छन् । यसैगरी देवीका केसीको ‘विन्ति गर्छु’, रेशम सापकोटा, राधिका हमाल र जुना श्रीसको ‘हाकिम मेरो पोइ’, रमिला न्यौपाने र खुमन अधिकारीको ‘यसपाली तीजमा चिटिक्क पार्नु छ’, सपना शाही र प्रेमविवश घर्तीको ‘बजाईदेऊ ताली’, माया गुरुङ र राजन कार्कीको ‘मेरो मायालाइ मेरै बनाए’, कृष्ण सुवेदीको ‘मेरी बुढीको चुरीफुरी निकै’, केशव घिमिरेको तीज गीत ‘एक नम्बर’ र ‘गुनियो चोली’, सुरेन्द्र गुरुङ र सिता केसीको ‘मायाले तिरीमिरी झ्याई पा¥यो’, हरिदेवी कोइरालको ‘सानो होर भूईँचालो’ र ‘देउरानी र जेठानी’, प्रजापति पराजुलीको ‘वेदनाको पोको भाग–११’, पशुपति शर्मा र चन्द्रा कार्कीको ‘सलल राम्चेको पहिरो’, अम्बिका भण्डारीको ‘खुशी राख्छांै बाबा तिमीलाई’,राजेन्द्र कँडेल र देवि घर्तीको ‘बाचा गरे लौ’, दिनेश पाण्डे र राधिका हमालको ‘फेसबुकको पासवर्ड’, पशुपति शर्मा र शान्ति श्री परियार ‘सातो फुक झाक्री बा’, गोपाल नेपाल र पुर्णकला वि.सी.को ‘बाह्र बजे राति’, दुर्गा कँडेल र टीका क्षेत्रीको ‘तीजको बेलामा’, गोपाल नेपाल र देवी घर्तीको ‘सुनको जलप’, हस्त के.सी. र रेनु के.सी.को ‘आयो सेल्फीको जमाना’, पुरुषोत्तम पौडेल र प्रिया भण्डारीको ‘मेरी बुढीको फेसन’, सपना गाहा र पशुपती शर्माको मैले धेरै बोले, नवराज पाण्डे र विन्दु पाण्डेको ‘भैसी साटेझै’, बसन्ती सुनार र एमटि मगरको ‘सोलमारीमा जाने हो’, लक्ष्मी पौडेलको ‘परदेशी चेलीको’, कला लम्साल र तेजस रेग्मीको ‘दहि जमाउने ठेकी’, राम भण्डारी र राधिका हमालको ‘भइयो सुख्खाराम’, प्रकाश पौडेलको ‘एट मच’, अमृत बरालको ‘सम्झी हौली दिदी’, बालचन्द्र बराल र शान्ता रोकामगरको ‘लायो भुडिँ पुट्ट’ लगायतका गीत यसपालिको तीजमा बजारमा आएका छन् । यसरी यो वर्षमात्र तीजलाई केन्दि«त  गरेर सयौँ गीत बजारमा आइसकेका छन्  भने यो क्रम अझै रोकिएको छैन ।यसरी तीजका गीतकोे ओइरो लागेपनि तीजको महत्व बुझाउने र संस्कृतिको रक्षा गर्ने खालका गीत भने विरलै मात्रामा आएका छन् । तीजका गीतले विसंगति भित्रियो भनेर आलोचना हुन थालेको छ । बजारमा आएका अधिकांश एल्बमका गीतले तीजको मौलिकतालाई समेट्न नसकेको गुनासो आम संगीतप्रेमी गर्छन् । तर एकैचोटी यसरी गीतहरु बजारमा आएपछि श्रोता भने दोधारमा परेका छन् । गीतमा नेपालको मौलिक संस्कृति अनि तीज पर्वको महत्व झल्काउने भन्दापनि माया प्रेम अनि उरन्ठेउला विषयवस्तुमा बढी केन्द्रित भएकोले समेत दर्शक श्रोताले एल्बम किनेर सुन्न खोजेका छैनन् । गीत बजारमा आएसँगै सबै कलाकार आफ्नो गीतको प्रमोशन गर्न होडबाजी गर्देछन् । त्यस्को लागि केहि नौलो प्रयोग गर्न उनीहरुले खोजेका छन् ।लोक गायीका एवंम प्राज्ञ हरीदेवी कोइरालाले अहिले आएका गीत तीजका गीत नै नभएको बताउँछिन् । ‘विषयवस्तुका हिसाबले, भेषभूषा, शैली, तीजको विशेषता भित्र अहिले आएका गीत समेटिएको छैनन्’ उनको भनाई छ । ‘वर्षभरीमा घटेका घटनालाई समयसापेक्ष गीतमा ढालेर गाउनुपर्नेमा त्यस्तो हुन सकेको छैन’ उनको दुखेसो छ । गीतले परिवेश माग्छ तर भिडियोमा पाइदैन भन्दै उनले भिडियो स्वभाविक नभई कृत्रिम हुने गरेको बताइन् ।यता लोकदोहोरी गीत प्रतिष्ठान नेपालका संरक्षक एवंम गायक प्रजापती पराजुली पनि हाल आएका गीत प्रति सन्तुष्ट छैनन् । २०४३ सालमा पोखरामा तीज गीत प्रतियोगीता राखी तीज गीत गाउन शुरु गरेको बताउने उनी तीजका गीतमा मौलीकता हराउँदै गएकोमा सबैलाई चिन्ता परेको बताउँछन् । उनी भन्छन् ‘पहिलाको गीत र अहीलेको गीत नुन र सुनको जस्तै फरक छ । पहिला–पहिला मिडिया नभएकाले मिडियाको काम पनि तीज गीतले गर्ने गरेका थिए’ ।तीजको अवसर पारेर नेपालका अधिकांश ठाउँमा विभिन्न संघ–संस्थाले सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै छन् । स्वदेश र विदेशमा हुने यस्ता कार्यक्रममा सहभागिता जनाउन केही कलाकारलाई भने भ्याईनभ्याई छ । विगतको तुलनामा एल्बम बजारमा ल्याउदाँको लगानी बढेपनि प्रतिफल भने शून्य रहेको छ । हाल एक गीतका रेकडिङ्ग देखि म्युजिक भिडियो गरेर न्युनतम एक लाखदेखि अधिकतम् चार लाखसम्म खर्च हुने गरेपनि विक्री भने शून्य रहेको छ ।
प्रतिक्रियाका लागि ः
उयउमष्बचथ२नmबष्।िअयm

Post a Comment

 
Top