0
नोभेल एकेडेमीका सेवाहरु के–कस्ता छन् ?
              सन् २००२ मा क्याम्ब्रीज विश्वविद्यालयको ओ लेभलबाट पोखरामै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको शिक्षा शुरुवात गरेको कलेज हो, नोभेल एकेडेमी । तत्पश्चात क्याम्ब्रीज विश्वविद्यालयकै ए–लेभल (१०+२ सरह) शिक्षा प्रदान ग¥यो । हाल आएर सन् २००९ देखि पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा स्नातक तहतर्फ बिबिए, बि. एस्सी नर्सिङ्ग र बि. फार्मेसी एवं स्नातकोत्तर तर्फ एमबिएका कक्षाहरु सञ्चालन भइरहेका छन् । पोखराको न्यूरोडमा रहेको कलेजको सुविधा सम्पन्न आफ्नै भवन रहेको छ । अत्यधुनिक विज्ञान र कम्प्यूटर प्रयोगशाला, लाइब्रेरी, ई–लाइब्रेरीले सुसज्जित एकेडेमी सम्भवतः पोखराकै निजीस्तरबाट सञ्चालित उच्च शिक्षाका लागि सर्वोकृष्ट गन्तव्य हो ।

वर्तमान प्रतिस्पर्धी समयमा नोभेलले कसरी प्रतिस्पर्धा गरिरहेको छ ? 
                    
ज्ञानलाई किताबमा मात्र सीमित नराखेर व्यवहारिक पक्षलाई पनि जोड दिनु कलेजको विशेषता हो । ए–लेभलका सयौं विद्यार्थी तथा बिबिए, बिएस्सी नर्सिङ्ग, बिफार्मेसी तथा एमबिएका एक–एक व्याचका विद्यार्थीहरु अध्ययन पूरा गरी प्रतिस्पर्धी बजारमा आफूूलाई सफल सावित गरिसकेका छन् । यो एउटा यस्तो उदाहरण हो जसले प्रमाणित गर्दछ कि हामीले प्रदान गर्ने शिक्षा सर्वोकृष्ट छ ।   विद्यार्थीले नोभेल एकेडेमी नै किन रोज्ने ? गुणस्तरीय र समय सापेक्ष शिक्षा प्रदान गरेकै हुनाले विद्यार्थीको रोजाईमा नोभेल एकेडेमी पर्न सफल भएको हो । अर्को कुरा विगतमा विद्यार्थीले परीक्षामा प्राप्त गरेको सफलताले गर्दा पनि यस एकेडेमीमा विद्यार्थीहरु भर्ना हुन चाहन्छन् । एक्काइसौ शताब्दीको मागलाई मध्यनजर गर्दै सोही अनुसारको सुविधा सम्पन्न भौतिक पूर्वाधार, कुशल व्यवस्थापन, अनुभवी तथा दक्ष प्राध्यापकबाट अध्यापन गराइने हुुँदा नोभेल एकेडेमी विद्यार्थीको सर्वोकृष्ट रोजाई बनेको छ । नोभेल एकेडेमीको वर्तमान अवस्था र भावी योजना के कस्ता छन् ? हाल नोभेल एकेडेमी पोखराकै एक सर्वोकृष्ट गन्तव्यका रुपमा स्थापित भइरहेको छ ।  यति धेरै विषयमा ए लेभल देखि स्नातक हँुदै स्नाकोत्तर सम्म पढाई हुने सम्भवतः पोखराकै निजी स्तरबाट सञ्चालित नमूना कलेजका रुपमा नोभेल एकेडेमी  परिचित छ । छ सय जना विद्यार्थीहरु बीच विहान, दिउसो र बेलुका गरी तीनवटै सिफ्टमा कक्षाहरु सञ्चालन भइरहेका छन् ।  भविष्यमा स्वास्थ शिक्षालाई लक्षित गरी सुविधा सम्पन्न अस्पतालको निर्माणको योजना रहेको छ । साथसाथै सन् २०२० सम्ममा पब्लिक प्राईभेट पार्टनरसीप मोडलिटीमा एकेडेमीलाई विश्वविद्यालयको रुपमा अघि बढाउने लक्ष्य छ । यस अर्थमा पनि भविष्यका पृथक पहिचान बोकेको एक शैक्षिक गन्तव्यका रुपमा एकेडेमी अघि बढिरहेको छ ।
विद्यार्थीको सीट क्षमता र भर्ना प्रक्रिया कस्तो रहेको छ ? ए–लेभलका विज्ञान र व्यवस्थापनमा २५–२५ सीट, बिबिए तर्फ ४०, बि. फार्मेसी तर्फ ३०, बि.एस्सी नर्सिङ्गतर्फ २० तथा एमबिएतर्फ  ३० सीट क्षमतामा भर्ना लिइन्छ । अहिले बिबिए, बिएस्सी नर्सिङ्ग र बि. फार्मेसीको भर्ना प्रक्रियाका लागि आवेदन फर्म खुल्ला गरिएको छ । यही भाद्र २५ गतेसम्म फर्मको म्याद रहेको छ भने असोज २ गते बिबिए तथा बिएस्सी नर्सिङ्ग र ३ गते बिफार्मेसीको प्रवेश परीक्षा हुनेछ । के नोभेल एकेडेमीमा अध्ययन गर्न सबै खालका विद्यार्थीको पह“ुुच पुग्छ ? बेलायतमा अध्ययन गराइने क्याम्ब्रीज विश्वविद्यालय अन्तर्गत संसारकै महंगो मध्येको एक, ए–लेभल शिक्षालाई पोखरामा पहिलो–पटक भित्र्याई विद्यार्थीहरुलाई न्यूनतम शुल्कमा उक्त शिक्षाप्रति पहुँच गराएकाले नै प्रमाणित गर्दछ कि एकेडेमीमा सबै खालका विद्यार्थीको पहुँच छ । त्यसैगरी, कलेजमा स्नातक तथा स्नाकोत्तर तहमा समेत निश्चित संख्यामा छात्रवृतिको व्यवस्थाले पनि सबै किसिमका विद्यार्थीको पहुँच पुगेको छ ।नोभेल एकेडेमीले हालसम्म प्राप्त गरेका सफलताहरु के–के छन् ? पछिल्लो समयमा ए–लेभलमा विषयगत तथा विद्यार्थीको समग्र हिसाबले नेपाल टप गरेको इतिहास छ । त्यस्तै स्नातक तथा स्नाकोत्तर तहका परीक्षामा उत्कृष्ट अंकसहित अधिकतम् विद्यार्थीहरु सफल भइरहेका छन् । यस बीचमा गत वर्ष एकेडेमीले न्यू बिजनेश एज रेटिङ र्याङकिङ अन्तर्गत पश्चिमाञ्चलकै नम्बर वान बिजनेस कलेज तथा नेपालकै नवौँ स्थान प्राप्त गरेको हिसाबले पनि एकेडेमी शैक्षिक रुपमा सफल रहेको छ ।

नोभेलले टिचिङ लर्निङ एप्रोजलाई परिस्कृत बनाउन के–कस्ता गतिविधिहरु संचालन गर्दछ ?

प्रथमतः सैद्धान्तिक भन्दा पनि विद्यार्थी केन्द्रित शिक्षण विधि अपनाउँदछौ । खोज तथा अनुसन्धानमा रुचि राख्ने शिक्षकहरुबाट विद्यार्र्थीहरुलाई सोहि अनुसार हालको विश्वमा प्रतिस्पर्धाका लागि तैयार गराइन्छ । त्यसबीच राष्ट्रिय ट्रेनरहरुबाट विभिन्न रिफ्रेसमेन्ट , मोटिभेसनल तथा नेतृत्व÷व्यक्तित्व विकास लगायतका पक्षमा विद्यार्थीको आत्मविश्वास र पढाइप्रतिको रुचि जगाइन्छ । यसका अलावा समयसापेक्ष र कोर्ष केन्द्रित गोष्ठी, सेमिनार, भिजिटिङ्ग फ्याकल्टी र नियमित हुने अतिरिक्त एवं खेलकुदका क्रियाकलापले समग्र टिचिङ्ग लर्निङ्ग एप्रोजलाइ प्रभावकारी बनाउदै लगिन्छ ।   

वर्तमान अवस्थामा नेपाल सरकारले अवलम्बन गरेका शैक्षिक नीतिहरु कस्ता छन् ?

        नेपाल सरकारले हाल अवलम्बन गरेको शैक्षिक नीति उदार छ । जसले शिक्षामा निजी क्षेत्रको भूमिकालाई समेत महत्वका रुपमा लिइरहेको छ । यद्यपी समग्र शैक्षिक नीति भने सैद्धान्तिक शिक्षालाई बढी जोड दिइएको पाइन्छ । व्यवहारिक शिक्षालाई पनि उतिकै महत्व दिने हो भने हाल भइरहेको बेरोजगारी, अविकास जस्ता समस्यालाई धेरै हद सम्म न्यून गर्न सकिने अवस्था आउन सक्छ । अबका दिनमा शैक्षिक नीतिलाई परिमार्जन गर्दा निजी क्षेत्रको भूमिकालाई समेत अझ समायोजन गर्ने हो भने नेपाल, शैक्षिक  हिसाबले एक समृद्ध मुुलुकका रुपमा अधि बढ्ने कुरा नकार्न सकिदैन ।

शैक्षिक क्षेत्र सुधार गरि देशको हित उपयूक्त बनाउन के गर्नुपर्ला ?

बढदै गइरहेको अस्थिर अवस्थाले गर्दा मुलुकले सहि निकास पाइरहेको छैन । यसबाट शैक्षिक क्षेत्र पनि अछुतो छैन । देश विकासमा शैक्षिक क्षेत्रलाई समाहित गराउन भन्दा पहिला शैक्षिक क्षेत्र बढी परिणाममुुखी बनाउन देशकै वर्तमान अवस्थामा सुुधार ल्याउनु आवश्यक छ । जब देशमा असल शैक्षिक वातावरण को निर्माण हुन्छ, तबमात्र उत्कृष्ट शिक्षा मार्फत देशलाई समृद्धिको गन्तव्य तर्फ डो¥याउन सकिन्छ । यद्यपि शैक्षिक क्षेत्रमा पनि रहेका विकृति, विसंगतिहरुलाई सँगसँगै सुधार गर्दै लैजाने हो भने सभ्य, शिक्षित र सुंसस्कृत समाज निर्माणमा थप टेवा पुग्न जानेछ ।

Post a Comment

 
Top