पर्यटन पुनरुत्थानका लागि पोखरामा नेपालमै पहिलो पटक एयर फेष्टिवल हुने भएको छ । नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा आगामी असोज ९ र १० गते हिमालयन एयर फेष्टिवल गरुढा फन हुने भएको हो । आयोजकले सोमवार पोखरामा पत्रकार सम्मेलन गरी फेष्टिवल बारे जानकारी दिएको हो । विश्व पर्यटन दिवसको अवसर पारेर आयोजना गर्न लागिएको एयर फेष्टिवलको अवसरमा पोखराको आकाशमा प्याराग्लाईडिङ, अल्ट्रा लाईट र पावर प्याराग्लाईडिङ अर्थात् प्यारा मोटरबाट बिभिन्न भेषभूषामा रंगिविरंगी ध्वजा पतका सहितको प्रदर्शनी हुनेछ । फेष्टिवल संयोजक नताशा श्रेष्ठका अनुसार भगवन गणेश, शिव पार्वती, भगवती, गरुढ, लक्ष्मी, यति लाखे नृत्य लगायतको भेषभूषा सहित प्याराग्लाईडिङ, अल्ट्रालाईट, पावर प्याराग्लाईडरहरु आकाशमा उड्नेछन् । साथै अल्ट्रा लाईट तथा प्यारा मोटरबाट आकाशमा रंगीविरंगी धुवा फाल्नुको साथै रिवनको आकर्षक प्रस्तुति पनि हुनेछ । फेष्टिवलमा झण्डै एक सय नेपाली र ५० विदेशी सहित डेढ सय पाईलटहरुले सहभागिता जनाउने नेपाल हवाई खेलकुद संस्थाका महासचिव वसन्त दवाडीले जानकारी दिए । कास्कीको सराङकोटबाट विभिन्न ध्वजापताका तथा भेषभूषामा सजिएका पाइलट केहीले आकाशमा एक्रो ब्याट्रिक प्याराग्लाइडिङ समेत गर्ने भएका छन् । पोखराको सराङ्कोटबाट उडान भरेर फेवा किनार खपौदीमा अवतरण गरिनेछ । नेपालमा भूकम्पपछि पनि जनजीवन सामान्य रहेको र पोखरा सुरक्षित छ भन्ने सन्देश दिन फेष्टिवल आयोजना गरिएको संस्थाका कार्यवहाक अध्यक्ष सोवित बानियाँले बताए । फेष्टिवल सम्पन्न गर्न झण्डै ३० लाख रुपैयाँ खर्च अनुमान गरिएको छ । विगत १५ बर्षदेखि प्याराग्लाईडिङ प्रतियोगिता गर्दै आएको संस्थाले गत बर्ष मात्रै प्याराग्लाईडिङ प्रि–वर्डकप समेत सम्पन्न गरिसकेको छ । फेष्टिबलमार्फत भूकम्पपछि नेपाल सामान्य जीवनमा फर्किएको सन्देश विश्व सामू दिँदै पर्यटकीय गन्तव्य सुरक्षित रहेको र साहसिक खेलको राजधानी पोखरामा खेल गतिविधि यथावत रहेको समेत जानकारी दिने उद्देश्य राखिएको महासचिव वसन्तराज दवाडीले बताए । नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष प्रेमनारायण न्यौपानेले पोखराको साहसिक खेल पर्यटनको विकासमा यस्ता कार्यक्रमले थप टेवा पु¥याउने बताए ।
Home
»
पछील्ला समाचार
»
ब्यापार
»
महत्वपूर्ण समाचार
» पर्यटन पुनरुत्थान र भूकम्पपछि नेपाल सुरक्षित छ भन्ने सन्देश दिन,पोखरामा ‘एयर फेष्टिवल गरुढा फन’
Subscribe to:
Post Comments (Atom)
Post a Comment