0
गोल्डेन न्यूज संवाददाता

५१ आंै राष्ट्रिय बाल दिवसको अवसरमा बाल सुधार गृह पोखरा उपमहानगरपालिका वडा नं. २६ सराङ्गकोटले विविध सांस्कृतिक तथा पुरस्कार वितरण कार्यक्रम आयोजना ग¥यो । बालसुधार गृहले कानूनको विवादमा परि स्वतन्त्रताबाट बञ्चित बालकहरुमा लुकेर रहेको प्रतिभा प्रस्फुटनका लागि सांस्कृति कार्यक्रमा आयोजना गरेको थियो ।  कार्यक्रममा बोल्दै जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद रेग्मीले बालसुधार गृहमा रहँदाको समयलाई धेरै भन्दा धेरै सदुपयोग गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत टिकाराम बराल, कारागार कार्यालय कास्कीका प्रमुख रमेश कुमार श्रेष्ठ, पोखरा २६ सराङ्गकोटका वडा सचिव रुद्र प्रसाद बस्ताकोटी, नेपाल हाउस कास्कीका कार्यकारी निर्देशक वसन्त सुबेदी, जनजागृति  उ.मा.वि. पदेलीका प्राचार्य विष्णु प्र. तिमिल्सिना, बाल सुधार गृहका बालक प्रतिनिधि डिलबहादुर सोनीले आ–आफ्नो भनाइ राखेका थिए । कार्यक्रममा स्वागत मन्तव्य राम बुढा, संचालन पूर्ण सुनारले गरेका थिए ।
 
त्यस अवसरमा खेलाईएका विभिन्न खेल तथा अतिरिक्त क्रियाकलापहरु डोरी तानातान, निबन्ध लेखन, श्रुति लेखन, क्यारामबोड, चेस, चम्चा दैड, हाजिर जवाफ, घैटो फुटाई, खो खो, भानुजयन्तिको अवसरमा कविता प्रतियोगिता, स्पेलिङ्ग कन्टेस्ट, टेबल टेनिस आदिमा उत्कृष्ट बालकहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा बालकहरु द्वारा विभिन्न गीतहरुमा नृत्य प्रस्तुत गरि आफ्नो प्रतिभा प्रस्फुटन गरेको सुधार गृहका इन्चार्ज प्रदिप पराजुलीले जानकारी दिए । बाल अधिकार सम्बन्धी महासन्धि १९९८ अनुसार स्वतन्त्रताबाट बञ्चित बाल बालिकाहरुलाई वयस्क व्यक्तिहरु बाट बेग्लै राख्नुपर्ने व्यवस्था गरेको छ । नेपाल बाल अधिकार सम्बन्धि महासन्धि १९९८ को पक्ष राष्ट्र भएतापनि बाल अधिकार सम्बन्धि महासन्धि १९९८ को व्यवस्था अनुसार बाल बालिकाहरुले कुनै अपराध गरेतापनि कैदको सजाय पाएमा उमेर पुगेका कैदिहरुको साथमा राख्न नहुने व्यवस्था गरेको छ । यसैगरि उक्त ऐनको दफा ४२ ले स्वतन्त्रताबाट बन्चित बालबालिकाहरुलाई राख्न आवश्यकताअनुसार बाल सुधार गृहको स्थापना गरिएको हो ।
 
यसैगरी कसमस इन्टरनेशनल कलेजको सोसल सर्भिस क्लवले राष्ट्रि«य बाल दिवसको अवसरमा ‘सडक बालबालिका हाम्रो दायित्व’ शीर्षकमा चित्रकला कार्यक्रम सम्पन्न गरको छ । कार्यक्रममा १९ जना विद्यार्थीहरुले सडक बालबालिका सम्बन्धी आकर्षक चित्रहरु प्रदर्शन गरेका थिए । यसै गरी सडक बालबालिकालाई सहयोग गर्ने उद्देश्यले कलेजका विद्यार्थी, शिक्षक तथा कर्मचारीहरु बाट संकलित रकम सडक बालबालिकाको क्षेत्रमा काम गर्ने संस्था हिमालयन लाइफ नेपाललाई सहयोग स्वरुप ६ हजार संस्थाका निर्देशक छनमन श्रीमललाई सोसल सर्भिस क्लवकी अध्यक्ष तानिया पुनले हस्तान्तरण गरेकी थिइन । कार्यक्रममा क्लवका सदस्यहरु बर्षात पराजुली, सौगात परियार, विसाल लामिछाने, कलेजका प्रशासक चित्र गुरुङ्ग र विवेक श्रेष्ठको उपस्थिति थियो ।
 
यसैगरी जिल्ला बाल कल्याण समितिद्वारा आयोजित पुनर्निर्माण र बालबालिका विषयक खुल्ला चित्रकला प्रतियोगितामा भाष्कर मेमोरियल स्कुलका सन्दिप थापामगर जिल्ला प्रथम भएका छन् । ‘पुनर्निर्माण र संविधानः बालअधिकारको संरक्षण हाम्रो अभियान’ नारा दिएर महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय, केन्द्रीय बाल कल्याण समिति अन्तर्गत कास्कीले विभिन्न प्रतियोगिता सञ्चालनमा भाष्कर मेमोरियल स्कुल कक्षा ८ का छात्र थापामगरले प्रथम स्थान हाँसिल गरेका हुन् । राष्ट्रिय बाल दिवस भदौ २९मा कास्की जिल्लामा विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको थियो । जिल्ला बाल कल्याण समिति कास्की र जिल्ला बाल मञ्च कास्कीको आयोजनामा पोखरामा बालबालिकाहरुबीच पुनर्निर्माण र बालबालिका विषयक खुल्ला चित्रकला प्रतियोगितामा आयोजनामा  द्वितीय विवेक श्रेष्ठ, गुरुकुल विद्या सदन भएका थिए भने तृतीय स्थानमा आराध्यप्रताप अधिकारी, शिशु निकेतन उच्च मा.वि भएका थिए । सान्त्वना पुरस्कार पूर्ण सुनार बाल सुधार गृह सराङ्गकोट र विवेक परियार, रेन्वो चिल्ड्रेन होम पोखराले प्राप्त गरेका थिए । जम्मा १३ समूहले प्रतिस्पर्धा गरेको बालगीत प्रतियोगितामा रेन्वो चिल्ड्रेन होम पोखराका बालबालिका प्रथम भएका थिए भने हिमाली बाल कल्याण संरक्षण मञ्चका बालबालिकाले दोश्रो स्थान प्राप्त गरे । त्यसैगरी दिदी बहिनी बचाऊँ कास्कीकी बालिका मनिषा नेपालीले तेश्रो स्थान हात पारिन । उक्त प्रतियोगितामा एसओएस बालग्राम गण्डकीकी चार वर्षीय बालिका विद्या पराजुलीले सान्त्वना पुरस्कार हात पारिन् । राष्ट्रिय बाल दिवसको कास्की जिल्लाको मूल समारोहमा कास्की जिल्लाका सामुदायिक विद्यालयमा अध्ययनरत छात्रछात्रा हरुमध्येबाट–२०७१ सालको एस.एल.सी. परीक्षामा उच्चतम अंक ल्याएका बालबालिकालाई नगद रु ३ हजार ५ सयले सम्मान गरिएको थियो । सम्मान पाउनेमा सुजन तिमिल्सिना  र पम्फा राना रहेका छन् । मूल समारोहको कार्यक्रम जिल्ला बाल कल्याण समिति कास्कीका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर राउतको अध्यक्षतामा भएको थियो । जिल्ला बाल कल्याण समितिका सदस्य कुञ्जनी परियार प्यासीले सञ्चालन गरेको उक्त कार्यक्रममा बाल अधिकार अधिकृत भरतराज बराल, पोखरा उप–महानगरपालिकाका वरिष्ठ अधिकृत ओमराज पौडेल, जिल्ला बाल मञ्च कास्कीका अध्यक्ष दिपक वि.क. लगायतले बोलेका थिए ।
 
यसैगरी पोखरा उद्योग वाणिज्य संघ÷बालश्रम न्यूनीकरण कार्यक्रम (क्लेप)द्वारा गठित पहिलो पाइला पोखरा नगरस्तरीय श्रमिक बाल क्लबले अध्यक्ष लक्ष्मी श्रेष्ठको अध्यक्षतामा  बाल प्रतिभा प्रस्फुटन कार्यक्रम संघको अमृत कक्षमा मंगलबार सम्पन्न गरेको छ । पुनर्निर्माण र संविधानः बालअधिकार संरक्षण सबैको अभियान भन्ने नारा सहितको बाल दिवस–२०७२ को अवसरमा आयोजना गरिएको कार्यक्रममा सहभागी भएका आठ श्रमिक बालबालिकाहरुको सम्पर्क केन्द्रका श्रमिक बालबालिकाहरुले नृत्य, गीत, कविता लगायतका प्रतिभाहरु प्रस्तुत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि तथा पोखरा उपमहानगरपालिका कार्यालयका वरिष्ठ अधिकृत ओमराज पौडेल र बालक्लबको अध्यक्ष लक्ष्मी श्रेष्ठले संयुक्त रुपमा श्रमिक बालबालिका को जीवनमा आधारित कथा संग्रह परिवर्तनका पाइलाहरु पुस्तकको विमोचन पनि गरिएको थियो ।
 
पो.उ.म.न.पा.कार्यालयले लिएको बालमैत्री अभियानलाई साकार पार्न पो.उ.बा.संघ.ले कार्यालयको साझेदार संस्थाको रुपमा सहयोग गर्न पोखरा उद्योग बाणिज्य संघ सधै तत्पर रहेको अभिव्यक्ति संघका कार्यबाहक अध्यक्ष प्रकाशदेव पालिखेले विशेष अतिथिको मन्तव्यमा राखेका थिए । क्लेपका अध्यक्ष दीपक श्रेष्ठले शुभकामना मन्तव्यको क्रममा बालबालिकाहरुको उल्लासमय उपस्थिति प्रति खुसी व्यक्त गरेका थिए । प्रमुख अतिथि रहेका पौडेलले पो.उ.म.न.पा.कार्यालयले लिएको सन् २०१८ सम्म पोखरालाई बालमैत्री नगर बनाउने महत्वाकांक्षी लक्ष्यलाई साकार पार्न सबै सरोकार संस्थाहरुबाट सहयोगको अपेक्षा राखेका थिए । कार्यक्रममा कन्या क्याम्पसका प्रमुख सुरेस कुमार मानन्धर, सम्पर्क केन्द्र व्यवस्थापन समितिहरुका अध्यक्षहरु मंगल नेपाली, मिन प्रसाद भट्टराई, सल्लाहकार टोपराज ढुंगाना, किडासाकी ओलिभिया लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।

Post a Comment

 
Top