गोल्डेन न्यूज संवाददाता
इपिएस कोरियाली भाषाको परीक्षा शनिवार देखि सुरु हँुदैछ । आईतवारसम्म दुई दिन सञ्चालन हुने परिक्षाको लागि पोखरामा तीन परीक्षा केन्द्रबाट ८ हजार भन्दा बढीले सहभागिता जनाउँदैछन् । पोखराको ग्लोवल कलेजियट उच्च मावि रानीपौवा, लिटल स्टेप उच्च मावि सिमलचौर र स्टेप वाई स्टेप उच्च मावि मासवार परीक्षा केन्द्रबाट ८ हजार भन्दा बढी परीक्षार्थीले सहभागिता जनाउने इपिएस कोरिया शाखाका निर्देशक डिल्ली राम बाँस्तोलाले जानकारी दिए । परिक्षाको लागि पोखरामा तीन र काठमाडौं उपत्यकामा १५ गरी १८ वटा परिक्षा केन्द्र निर्धारण गरिएको छ । शाखाका अनुसार दैनिक २ सत्रका दरले २ दिनमा ४ सत्रमा परीक्षा सम्पन्न हुनेछ । पोखरामा परिक्षा सञ्चालनको लागि पाँच जनाको टोली केन्द्रबाट आएको छ ।
कोरियाले यस वर्षका लागि कुल ७ हजार १ सय कामदारको कोटा निर्धारण गरेकोले परीक्षाबाट त्यति नै संख्यामा उत्कृष्टताको आधारमा कामदार छनोट गर्ने तयारी गरिएको छ । उक्त कोटा मध्ये औद्योगिक क्षेत्रतर्फ ४ हजार ९ सय र कृषि तथा पशुपालनतर्फ २ हजार २ सयको कोटा प्राप्त भएको शाखाले जानकारी दिएको छ ।
परीक्षालाई मर्यादीत बनाउन इपिएस कोरिया शाखाले ३ तहको सुरक्षा व्यवस्था अपनाउने तयारी गरेको छ । विद्यार्थीलाई प्रवेश गर्ने गेटमै प्रवेशपत्र, पासपोर्ट वा नागरिकता र फोटो अनुहारसँग मिलाउने, गेटभित्र प्रवेश गरेपछि पनि नामलगायत आवश्यक पहिचान गर्ने व्यवस्था मिलाइएको शाखाका निर्देशक बास्तोलाले जानकारी दिए । ‘त्यसपछि पनि नक्कली विद्यार्थी फेला परे पक्राउ गरी पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेका छौं,’ उनले भने,–‘नक्कली परीक्षार्थीका रुपमा पक्राउ पर्ने व्यक्तिलाई कानुनअनुसार सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाइने छ ।’ उनका अनुसार गत वर्ष ८२ जना नक्कली परीक्षार्थी पक्राउ परेको थिए । यस वर्ष नक्कली परीक्षार्थी रोक्न शाखाले कडा नीति अपनाउन लागेको हो । नक्कली परीक्षार्थीका रुपमा पक्राउ पर्नेमा कोरियाको रोजगारीमा बहाल वा अनुमति प्राप्त व्यक्ति पाइए उक्त अनुमति खारेज गरिने, एक पटक कोरिया गएर आएका पूर्व कामदार भएमा कम्प्यूटरमा आधारित टेष्ट(सिबिटी) दिएर पुनः कोरिया जान पाउने अवसरबाट बञ्चित गर्नेेसम्मको कार्वाही गर्ने निर्णय शाखाले गरेको छ । ‘भाषा पढाउने कतिपय शिक्षकलगायतका व्यक्तिले पनि अर्कोको परीक्षा दिने तयारी गरिरहेको सूचना हामीलाई प्राप्त भएको छ,’ निर्देशक बास्तोलाले भने,–‘त्यस्तो पाइए कानुन बमोजिम कारबाही गरिन्छ । कसैले उन्मुक्ति पाउँदैन ।’ नक्कली परीक्षार्थीका विषयमा सूचना दिने व्यक्तिलाई पुरस्कृत गरिने र नाम गोप्य राखिने समेत वाँस्तोलाले बताए ।

Post a Comment