0
गोल्डेन न्यूज संवाददाता
लोक सेवा आयोगद्वारा लिइने राजपत्राङ्कित तृतीय श्रेणी, नेपाल प्रशासन सेवाका पदमा प्रवेश गर्न इच्छुक व्यक्तिहरुका लागि निःशुल्क अभिमुखीकरण कक्षा सुरु भएको छ । सामान्य प्रशासन मन्त्रालय, युएनडीपी फण्डेड शासकीय सुधारका लागि सार्वजनिक प्रशासनको तयारी आयोजना तथा चैतन्य इन्स्टिच्युट अझ म्यानेज्मेन्ट र साकार एकेडेमी एवं जनप्रिय बहुमुखी क्याम्पसको संयुक्त पहलमा भएको उक्त कक्षा एक सातासम्म चल्नेछ । कार्यक्रम उद्घाटन गर्दै पूर्वमुख्यसचिव डा. बिमल कोइरालाले निजामती क्षेत्रलाई राष्ट्र निर्माणप्रति जिम्मेवार बनाउन र भोलिको निजामती क्षेत्र जनमुखी एवं परिणामुखी तुल्याउन नवप्रवेशीहरुको महत्वपूर्ण भूमिका रहेको बताए । उनले निजामती सेवामा आफ्नो अनुभवसमेत बाँड्दै निजामती सेवाबारे प्रकाश पारेका थिए । कार्यक्रममा साकार एकेडेमीका प्रबन्ध निर्देशक राजेन्द्र पौडेलले स्वागत मन्तव्य राखेका थिए भने चैतन्य इन्स्टिच्यूट अफ म्यानेज्मेन्टका प्रमुख कार्यकारी अधिकृत गणेश जोशी, यूएनडीपी प्रिपेरका क्षमता अभिबृद्धि विज्ञ नारायण श्रेष्ठले बोलेका थिए । कार्यक्रम संचालन गृह मन्त्रालयका शाखा अधिकृत परशुराम पोखरेलले गरेका थिए । कार्यक्रममा करिब २ सय विद्यार्थीहरुको सहभागिता छ ।

Post a Comment

 
Top