नेपालमा नयाँ संविधान जारी भएको अवसर पारेर विभिन्न राजनीतिक दलहरुले पोखरामा संयुक्त कार्यक्रम गरेर खुशी मनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादी, राप्रपा, जनमोर्चा नेपाल र नेकपा मालेका जिल्ला समितिले संयुक्त रुपमा पोखराको मानवअधिकारचोक, चिप्लेढुङ्गामा विजयउत्सव सभाको आयोजना गरेका थिए भने सभागृहचोकबाट ¥याली शुरु गरि न्यूरोड, विपिचोक हुँदै मानअधिकारचोकमा आएर कार्यक्रममा परिणत भएको थियो । तमुवान संघर्ष समितिले बन्दको आह्वान गरेका कारण यातातात, पसल, उद्योग, कलकारखाना सबैजसो बन्द रहेपनि संविधान आएको खुशीमा समूह–समूहमा बिहानैबाट मोटरसाइकल ¥याली भएको थियो । उत्सव सभामा अपेक्षा गरिएअनुसार दलका कार्यकर्ता र समर्थकको सहभागिता देखिएन । सभामा बोल्ने वक्ताहरु मध्ये नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीको तर्फबाट केन्द्रीय नेताहरुलाई नै पोखरा बोलाइएको थियो । जसका कारण कांग्रेस नेता तथा अर्थमन्त्री डा. रामशरण महत, एमाले नेता एवं पूर्व संचारमन्त्री शंकर पोखरेल, एमाओवादी नेता तथा पूर्व शान्ति मन्त्री जनार्दन शर्मा प्रभाकरले सभालाई संवोधन गरेका थिए । अन्य वक्ताहरु भने स्थानीय नेता तथा निर्वाचित र समानुपातिक तर्फका सभासदहरु थिए ।
कार्यक्रममा बोल्ने वक्ताहरुले नेपालको नयाँ संबिधान विश्वकै उत्कृष्ट, प्रगतिशित र समावेशी भएको दाबी गरेका थिए । कांग्रेस नेता एवं अर्थमन्त्री डा. रामशरण महतले नयाँ संबिधान दक्षिण एशियाकै नमुना र समावेशी भएको बताए । उनले नयाँ संविधानमा सबैको भावना समेटिएको स्पष्ट पारे । उनले भने–‘गणतन्त्र, संविधानसभा, नयाँ संविधान र संघीयताको लागि हिजो संगै लडेका दलहरुनै आज विचलित भई नयाँ संविधान र संघीयताको विरुद्धमा लाग्नु दुःखद् हो ।’ राजनीतिक आवरणमा तराईमा साप्रदायिक हिंसा भड्काउने समूह सक्रिय बनेको आरोप लगाउँदखै उनले अशान्ति, द्वन्द, हिंसा, बन्द, हड्ताल छोडेर नयाँ नेपाल निर्माणमा जुट्नुपर्नेमा जोड दिए । नयाँ संविधान जारी भएपछि कार्यान्वयनको चुनौतिपूर्ण अवस्थामा रहेको भन्दै नेता महतले सबै एकजुट भई राष्ट्र निर्माणमा लाग्नुको विकल्प नरहेको स्पष्ट पारे ।
नेकपा एमालेका सचिव एवं पूर्व सञ्चार मन्त्री शंकर पोखरेलले नयाँ संविधान सन्तुलित र समावेशी रहेको बताउँदै समावेशीताको मुद्धामा यसअघिका संविधानमा नभएका अधिकार पनि नयाँ संविधानले स्थापित गरेकाले असन्तुष्टि जनाउनुको कुनै औचित्व नरहेको उनले बताए । संघीयताको बिषयमा अहिले नमिलेका विषय संशोधन गर्न सकिने बाटो खुल्ला रहेकाले जनजातिवाद र मधेशवादको नाममा राजनिति नगर्न उनले आग्रह गरे ।
नेकपा एमालेका सचिव एवं पूर्व सञ्चार मन्त्री शंकर पोखरेलले नयाँ संविधान सन्तुलित र समावेशी रहेको बताउँदै समावेशीताको मुद्धामा यसअघिका संविधानमा नभएका अधिकार पनि नयाँ संविधानले स्थापित गरेकाले असन्तुष्टि जनाउनुको कुनै औचित्व नरहेको उनले बताए । संघीयताको बिषयमा अहिले नमिलेका विषय संशोधन गर्न सकिने बाटो खुल्ला रहेकाले जनजातिवाद र मधेशवादको नाममा राजनिति नगर्न उनले आग्रह गरे ।
यस्तै एमाओवादीका नेता पूर्व मन्त्री जनार्दन शर्मा प्रभाकरले सबै समुदायको भावना समेटिएको समावेशी संविधान जारी भएको स्पष्ट पारे । नयाँ संबिधान सापेक्षिक रुपमा पूर्ण रहेको भन्दै उनले नेपालको संविधान विश्वकै उत्कृष्ट, उन्नत र प्रगतिशित रहेको दावी गरे । देशमा सानदार र ऐतिहासिक उपलब्धि प्राप्त भएकोमा सबै राजनीतिक दलका शीर्ष नेताहरु बधाईको पात्र रहेको उनले बताए । कार्यक्रममा एमाले नेता एवं नेपाल सरकारका स्वास्थ्यमन्त्री खगराज अधिकारीले संविधानको विरोध गर्नु अराजक र कानून विपरितको काम भएको बताउँदै देशका ९५ प्रतिशत भन्दा बढी जनताले खुशियाली मनाईरहेको अवस्थामा विरोध गर्नुको कुनै औचित्य नहुने स्पष्ट पारे । एमाले नेता एवं सभासद् रवीन्द्र अधिकारीले बहुमतले हस्ताक्षर गरेको संविधान नमुना संविधान भएको उल्लेख गर्दै संविधानको राजमार्गमा सँगै हिंड्न छुटेका दलहरुलाई वार्तामा आउन आग्रह गरे । संविधान जारी भएको खुशियालीमा कास्कीका राजनितिक दल र तीनका कार्यकर्ताले अविरजात्रा सहित उत्सव मनाएका छन् । कार्यक्रममा नेकपा एमालेका वैकल्पिक पोलिटव्यूरो सदस्य जगत विश्वकर्मा, नेकपा एमाले केन्द्रीय सदस्य तथा सभासद् सीता गिरी ओली, नेपाली काँग्रेसका नेता शुक्रराज शर्मा, एकीकृत नेकपा माओवादीका नेता झलकपाणि तिवारी, सभासद् शारदा पौडेल, सभासद् वृन्दा रानामगर, सभासद् तेजकुमारी पौडेल, राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष शंकर बराल, राप्रपा कास्कीका सचिव गणेशबहादुर ढकाल, नेकपा माले कास्कीका सचिव होमनाथ गिरि, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापा, नेपाल पत्रकार महासंघ कास्कीका सचिव त्रिभुवन पौडेलले बोलेका थिए ।
नेपाली काङ्ग्रेस कास्कीका सभापति यज्ञबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेकपा एमालेका कास्कीका अध्यक्ष कृष्ण थापाले स्वागत र एकीकृत नेकपा माओवादी कास्कीका अध्यक्ष दिपक कोइरालाले स्वागत गरेका थिए । उक्त कार्यक्रमको सुनौलो एफएम १०२.२ मेगाहर्जले प्रत्यक्ष प्रशारण गरेको थियो ।
Post a Comment