गोल्डेन न्यूज संवाददाता
श्रीकृष्ण प्रणामि परमार्थ मिसन ट्रष्टले लेखनाथ नगरपालिका वडा नं ७ परमार्थ नगर डाडाँकोनाकमा अनाथ सेवा आश्रम सञ्चालनमा आएको छ । अनाथ व्यत्तिहरुलाई आश्रय दिनका लागि सो आश्रम संचालन गरिएको उक्त आश्रममा तत्काल २० जना अनाथ व्यत्तिलाई आश्रय दिन सकिने बताइएको छ । आश्रमका लागि पहिलो चरणमा ५५ लाखको लागतमा पाँच कोठाको एक तल्ले भवन निर्माण गरिएको छ । भविष्यमा आश्रममा एक सय आठ कोठासम्म निर्माण गर्ने लक्ष्य लिइएको छ । अनाथ सेवा आश्रम निर्माणका लागि अर्थ संकलन गर्ने उदेश्यले गतवर्ष बैशाख २९ देखि जेठ ६ गतेसम्म आयोजना गरिएको श्रीमद्भागवत् ज्ञान महायज्ञमा ८४ लाख रुपैया संकलन भएको थियो । कार्यक्रममा बोल्दै अर्थमन्त्री रामशरण महतले कसैको उक्साहटमा आन्दोलनमा नलाग्न आग्रह गरे । मधेसी र पहाडियाबीच लडाएर राजनीति फाईदाका लागि केहि नेताको उक्साहटमा आन्दोलन भएको छ उनले भने–उक्साहटमा नेपाली नागरिक लाग्न हँुदैन । उक्साहटका गतिविधिको खिलाफमा नेपाली नागरिक नै लाग्नु पर्ने उनको भनाई थियो । मन्त्री महतलेले हत्या हिंसा मुलुकको लागि घातक भएकोले शान्तिपूर्ण वाटो बाटै समस्याको समाधान खोज्न आग्रह गरे । आन्दोलनमा हिंसा, तोडफोड र मृत्युसम्मका घटना भएका छन् यो राजनीतिक आन्दोलन हँुदै होइन उनले भने–‘राजनीतिक माग हो भने संविधानसभामा आएर शान्तिपूर्ण तरिकाले आफ्ना माग राख्न सकिन्छ ।’ नेपाली काँग्रेस कास्कीका सभापति तथा सभासद् यज्ञबहादुर थापाले जुन सुकै हालतले पनि संविधान आउने विश्वास दिलाए । यो वेला भनेको एउटा आमाले वञ्चा जन्माउदा कति पीडा हुन्छ नेपाल आमालाई पनि विभिन्न आन्दोलनका नाममा पीडा भएको छ, उनले भने–वञ्चा पाउनका लागि आमाले जति पिडा भएपनि खुसी साथ वञ्चा जन्माउछिन् त्यसरी नै नेपाल आमाले विविध पिडा सहेर पनि संविधान ल्याउने छिन् । मुख्य सचिव डा.सोमलाल सुवेदीले विकासका लागि सवै एक जुट हुनु पर्नेमा जोड दिए । श्रीकृष्ण प्रणामि परमार्थ मिसन ट्रष्टका अध्यक्ष स्वामि विष्णु वशिष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द्र पौडेल, लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष बाबुराम गिरी, आश्रमका संरक्षक सूर्यमोहन भट्टराई, आमा समूहको तर्फबाट लक्ष्मी श्रेष्ठ र भवन निर्माण समितिका संयोजक मेजर रामप्रसाद गुरुङ, उद्घोषक नेत्रपाणि बाँस्तोलाले बोलेका थिए ।
Post a Comment