गोल्डेन न्यूज संवाददाता
नेपालको संबिधान २०७२ घोषणा भएदेखि प्रत्यक्ष रुपमा नेपालको आन्तरिक मामिलामा हस्तक्षप गरिरहेको छ । आफू अनुकुलको संविधान जारी नभएपछि एउटा स्वतन्त्र मुलुक नेपाललाई आफ्नो राज्यसरह विज्ञप्ति दिएर संविधान संशोधन गर्न माग गरेको छ । नेपालको आन्तरिक मामिलामा भारतको नाङ्गो हस्तक्षेप भएको भन्दै नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फोटोमा कलोमोसो र जुत्ता प्रहार गरेको छ । एउटा सार्वभौम मुलुक नेपालमाथि एउटा असल छिमेकी मानिएको भारतले नै यस्तो ब्यबहार गरेकाले भारतीय प्रधानमन्त्री मोदी को पुत्ला दहन गरेको अनेरास्ववियु डिप्लोमा पेकका सचिब सेवक पोखरेलले बताए । विरोध कार्यक्रमलाई रोशन कंडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि अनेरास्ववियुका त्रि.वि. जिल्ला कमिटीका अध्यक्ष विवेक देवकोटा र अतिथि हरु अनेरास्ववियु भूगोल जिल्ला कमिटीका उपाध्यक्ष लक्ष्मण तिमिल्सिना, सिटीइभिटी इन्चार्ज विश्व दर्शन पराजुलीले सम्बोधन गरेका थिए । कार्यक्रममा क्षेत्र न.३ का अध्यक्ष रोशन भट्टराई,सचिव महेन्द्र पौडेल,सह–सचिव सुदर्शन अधिकारी साथै अनेरास्ववियु पेकका सम्योजक प्रदिप शर्मा, पेकका सिभिल अध्यक्ष सन्तोष पोखेरल र पश्चिमाञ्चल क्याम्पस कमिटिका पूर्व सह–सचिव संकल्प ढुंगाना लागायतले बोलेका थिए ।
यसैगरी नेपालमा नयाँ संविधान जारी भएपछि भारतले गरेको अघोषित नाकाबन्दीका विरुद्ध अनेरास्ववियु पोखरा विश्वविद्यालयले भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ । सोमबार बिहान कलेज शुरु हुने बित्तिकै अनेरास्ववियु समर्थित विद्यार्थीहरुले नाराबाजी गर्दै पुत्ला जलाएका हुन् । हातहातमा प्लेकार्ड बोकेका प्रदर्शनकारीहरुले ‘भारतीय विस्तारवाद मूर्दावाद’, ‘नेपाली संविधान जिन्दावाद’, ‘विस्तारवादी नीति बन्द गर’, ‘भारतीय हस्तक्षेप बन्द गर’, ‘सम्पूर्ण नेपाली एक हौं’ लगायतका नाराहरु लगाएका थिए ।
पुत्ला दहनसँगै भएको कोणसभालाई सम्बोधन गर्दै अनेरास्ववियुकी राष्ट्रिय परिषद सदस्य सृष्टि रेग्मीले नेपाललाई सिक्किम बनाउने सपना नदेख्न भारतलाई चेतावनी दिइन् । रेग्मीले अगाडी थपिन्,“नेपाल हिजो पनि स्वाधिन थियो र भविष्यमा पनि स्वाधिन नै रहनेछ ।” उता विद्यार्थी नेता सुवास मल्लले नेपाललाई उपदेश दिँदै हिड्नु भन्दा पनि आफ्नो देशको समस्यालाई समाधान गर्नका लागि भारतिय नेतृत्वलाई सुझाव दिए । श्रीलंकाको आन्तरिक मामलामा धेरै चासो दिँदा तत्कालिन प्रधानमन्त्री राहुल गान्धीको ज्यानै गएको स्मरण गराउँदै मल्लले यस्तै इतिहास नदोहोरिएला भन्न नसकिने चेतावनी दिए । कार्यक्रममा बोल्दै अनेरास्ववियु, कास्कीका सदस्य सन्देश दुवाडीले भुपरिबेष्ठित देशलाई नाकाबन्दी लगाएर भारतले अन्तर्राष्ट्रिय कानुन र मानविय भावनाको धज्जी उडाएको आरोप पनि लगाए ।
Post a Comment