गोल्डेन न्यूज संवाददाता
कास्की जिल्ला भलिवल संघको आयोजनामा मंगलबारदेखि पोखरामा ए लेभल लेबल भलिवल प्रशिक्षक प्रशिक्षण शुरु भएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले एक समारोहका वीच तालिमका प्रमुख प्रशिक्षक सुदेश कुमार रिमाललाई प्रशिक्षण सामग्री हस्तान्तरण गर्दै तालिमको उद्घाटन गरे । नेपाल भलिबल संघको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद्को विशेष सहयोगमा शुरु तालिमको उद्घाटन समारोहमा बोल्दै उनले भलिवल खेल हाम्रो भुगोल र माटो सहाउँदो भएकाले पनि लोकप्रिय खेल बन्न सफल भएको बताए । पश्चिमाञ्चलमा यो खेलको विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । त्यस्तै विशेष अतिथि जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष यामबहादुर गुरुङ्गले आफू भलिवल संघको केन्द्रिय उपाध्यक्ष समेत भएकाले यहाँको खेल विकासमा केन्द्रबाट मिल्ने सहयोग गर्ने बताए । आयोजक कास्की जिल्ला भलिवल संघका अध्यक्ष भिम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रमा संघका बरिष्ठ उपाध्यक्ष खगेन्द्र प्रसाद गौचनले स्वागत, जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बरालले शुभकामना मन्तव्य राखेका थिए । संघका सदस्य टंक पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए । एक सातासम्म सञ्चालन हुने तालिममा कास्की, रुपन्देही, गुल्मी, स्याँग्जा, पर्वत, तनहुँ लगायतका जिल्लाहरुबाट २५ जना प्रशिक्षार्थी सहभागी छन् । भलिवल प्रशिक्षक बलराम क्षेत्री र कौशिला खत्रीले पनि तालिममा सहजिकरण गर्नेछन् ।
Post a Comment