0
गोल्डेन न्यूज संवाददाता
महिलाहरुको स्वामित्वमा संचालित पोखराको पहिलो सामुदायिक रेडियो सुनौलो एफएम १०२.२ मेगाहर्जले तीज पर्वका अवसरमा शुभकामना आदान–प्रदान एवं महिलाहरुलाई दर खुवाउने कार्यक्रम आयोजना ग¥यो। पोखरामा रहेर विभिन्न क्षेत्रमा क्रियाशील महिलाहरुको सहभागिता रहेको कार्यक्रम सुनौलो एफएम परिसरमा सम्पन्न भएको थियो। स्थापना कालदेखि नै एफएमले तीजका अवसरमा विशेष कार्यक्रम संचालन गर्दै आएकोमा अघिल्लो २ वर्ष भने यस किसिमको कार्यक्रम गरिएको थिएन। सुनौलो एफएमका कार्यकारी निर्देशक गंगाधर पराजुलीका अनुसार विगतमा तीजगीत प्रतियोगिता र मौलिक संस्कृतिको संरक्षणमा नेपाली महिलाहरुको भूमिका विषयक अन्तक्र्रिया जस्ता कार्यक्रम तीज पर्वको सन्दर्भमा गरिएका थिए।  
यसैगरी सुनौलो एफएमले पहिलो पटक पोखरामा रहेर कला संगीतको क्षेत्रमा ख्याति कमाएका झण्डै ३० जना कलाकारहरुको समेत सम्मान गरेको थियो। विभिन्न कार्यक्रम संचालन गर्नुका साथै रेडियोबाट सूचना र समाचारमूलक तथा मनोरञ्जनात्म क कार्यक्रम प्रशारण गरिरहेको एफएमले यसवर्ष आवश्यक जनशक्ति र उपकरण थप गरि रेडियोलाई श्रोतामाझ अझै प्रभावकारी बनाउँदै लैजान लागेको निर्देशक पराजुलीले बताए।
शुक्रबार आयोजित तीज विशेष कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेकी नेपाली कांग्रेसकी नेतृ एवं संविधानसभाका सभासद शारदा पौडेलले तीज गीतमा भित्रिएको विकृतिप्रति चिन्ता प्रकट गरिन्। ‘सामुदायिक जागरणका लागि हाम्रो अभियान’ ओक्काद्वारा सञ्चालित सामुदायिक रेडियो सुनौलो १०२.२ मेगाहर्जले तीजको अवसरमा शुक्रबार पोखरामा आयोजना गरेको शुभकामना आदान–प्रदान तथा दर खाने कार्यक्रम बोल्दै उनले चिन्ता प्रकट गरेकी हुन्।तीज गीतलाई केन्द्रित गरि जथाभावी रुपमा आएका गीतले तीज पर्वको महत्वलाइ संरक्षण गर्न नसकेको उनको गुनासो छ। ‘तीजलाई केन्द्रित गरेर तयार पारिएका अधिकांश गीतले तीजको मूल मर्मलाई समेटेको छैन’ उनले भनिन्। नेपाली संस्कृतिको जर्गेना गर्न सबै एकजुट भएर लाग्नुपर्नेमा उनले जोड दिइन। त्यस अवसरमा बोल्दै ओक्काका अध्यक्ष सकुन्तला कोइरालाले  महिलाको स्वामित्वमा सञ्चालित रेडियोले विगत देखिनै तीजको अवसरमा कार्यक्रम गर्दै आएको जानकारी दिइन। महिलाहरुप्रति केन्द्रित गरेर रेडियोले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको र यस्लाई निरन्तरता दिइने उनले बताइन। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीका महासचिव घनश्याम रिजालले सञ्चार माध्यमहरुले विकृति निम्तने खालका गीतलाई स्थान दिन नहुनेमा जोड दिए।
कार्यक्रममा नेपाल महिला संघ केन्द्रीय सदस्य आनन्दी राणा, कांग्रेस नेतृ एवं पूर्व सभासद कृष्ण कुमारी परियार, नेपाल महिला संघ जिल्ला सचिव कमला बराल,  सञ्चारिका समूह पश्चिमाञ्चल अध्यक्ष जमुना वर्षा शर्मा, सचिव सावित्री गौतम, नेपाल महिला संघ पूर्व नगर सभापति हीरादेवी शर्मा, सुनौलो एफएमका सञ्चालक गोमा कोइराला सुवेदी, संस्थाका सचिव सुशिला पौडेल, कोषाध्यक्ष शिशुकला पौडेल, सञ्चालक सुरज बराल, सदस्यद्वय उर्मिला बस्नेत र इनु कोइराला, प्रेस युनियन कास्कीका सभापति शिरोमणि बराल, नेपाल रेडक्रस सोसाइटी पोखरा–४ का अध्यक्ष ईन्द्र अधिकारी, मुक्त्तक मञ्च पोखराकी अध्यक्ष सरला लामिछाने ‘सरु’, सचिव पारु भण्डारी, रेडियोकी स्टेशन इन्र्चाज कन्चन थापा, कार्यक्रम संयोजक सबु पाठक, व्यवसायी अमला भट्टचन, विद्यार्थी निश्चलता भट्टचन, महिला ताथ बाल उद्यान मञ्च अध्यक्ष विष्णु कार्की, समपर्ण लायन्स क्लवकी पूर्व अध्यक्ष उर्मिला श्रेष्ठ, सञ्चारकर्मी शोभा भण्डारी, लगायतले तीज पर्वको अवसरमा शुभकामना व्यक्त गरेका थिए। कार्यक्रममा गायक रिजाल सहित लोक दोहोरी गायीका इन्द्रा गुरुङ, गायिका रीता काफ्ले लगायतले आफ्नो गीत प्रस्तुत गरेका थिए भने सहभागी महिला सबैले दर खाँदै नाचमा रमाएका थिए । कार्यक्रम सम्पन्न गर्न पोखरा ट्रेड मल (चिप्लेढुङ्गा), असल दूधको उत्पादक असल डेरी प्रालि, कर्मचार्य  हाउसको उत्पादन कोशेली तेल, केसी क्याटरिङ्ग, लुम्विनी फाइनान्स एण्ड लिजिङ कम्पनी पोखरा शाखा, दीपक शर्मा भण्डारी पोखरा–१७, जोजिजू म्युजिक सेन्टर, पोखरा–११, परिचय एडभरटाइजिङ्ग न्यूरोड लगायतका संस्थाले सहयोग गरेका थिए ।


Post a Comment

 
Top