आइतबार जारी भएको नेपालको नयाँ संविधान–२०७२ लाई पोखरेलीले स्वागत गरेका छन् । संविधानको स्वागत गर्दै पोखरेलीले दीप प्रज्वलन एवं ¥याली आयोजना गरे भने विविध कार्यक्रम गर्ने क्रम पनि जारी छ । प्रमुख तीन राजनीतिक दलले घर–घरमा दीपावली गर्न आह्वान गरेको भएपनि राजनीतिक दलका कार्यकर्ता तथा सर्वसाधारणले आ–आ–आफ्नो घरमा भन्दा चोक–चोक र सडक किनारमा सामूहिक रुपमा दीपावली गरेका थिए । उनीहरुले केही ठाउँमा नेपालको संविधान २०७२ लाई स्वागत गर्दछौं भनि लेखेका थिए भने कतिपय ठाउँमा संविधानमा राखिएका सात प्रदेश सहितको नेपालको नक्सा बनाएर दीपावली गरेका थिए । यसैक्रममा पोखरामा रहेका धादिङवासीहरुले पोखराको मानवअधिकारचोक, चिप्लेढुङ्गमामा दीप प्रज्वलन गरि संविधानको स्वागत एवं खुशी प्रकट गरे । धादिङ–पोखरा सम्पर्क समितिद्वारा आयोजित उक्त कार्यक्रममा अध्यक्ष झम्कबहादुर सारु मगर, सचिव सुदर्शन बसौला, कोषाध्यक्ष लालप्रसाद पाठक सल्लाहकार परिषद् सदस्य वेनी पाठक, सल्लाहकार कृष्णबहादर लम्सालका साथै समितिका पदाधिकारी, सदस्य, सल्लाहकार, आजीवन सदस्य, साधारण सदस्यहरुले नेपालको तस्वीर र झण्डाको तस्वीर निर्माण परि दीप प्रज्वलन गरेका थिए । यसैगरी नेपाल विद्यार्थी संघ कास्की जिल्ला कार्यसमितिले संघका संयोजक सुवास कोईरालाको नेतृत्वमा वृहत मोटरसाइकल ¥याली ग¥यो । उक्त ¥याली काँग्रेस पार्टी कार्यालय चिप्लेढुङगाबाट सुरु भई महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक, नागढुङ्गा, एयरपोर्ट, हुँदै जनप्रिय बहुमुखी क्याम्पसमा दीप प्रज्वलन ग¥यो । उक्त ¥याली जनप्रिय क्याम्पसबाट रत्नचोक, सिर्जनाचोक, न्यूरोड, महेन्द्रपुल हुँदै पृथ्वीनारायण क्याम्पसमा दीप प्रजलन सहित कोण सभा ग¥यो । कार्यक्रममा बोल्दै नेविसंघ कास्कीका संयोजक सुवास कोइरालाले यो नयाँ संविधानले नेपालमा आगामी समयमा उन्नती र सम्वृद्धिको बाटो खोल्ने हुँदा यो ऐतिहासिक क्षणलाई सवैले खसीका साथ स्वागत गर्नुपर्ने बताए । कार्यक्रममा नेविसंघ केन्द्रीय सदस्य सरोज के.सी., नेता भानु ढकाल, नेपाली काँग्रेस क्षेत्र नं. १ का सह–सचिव कुमार सुनार, नेविसंघ कास्कीका पूर्व अध्यक्ष कल्याणबाबु भण्डारी, पि.एन.का सभापति गोपाल गुरुङ, तरुण नेता सुरजजंग राणा, लेखनाथ तरुण दल नगर अध्यक्ष सागर गुरुङ, विद्यार्थी नेता तारा तिमिल्सिना, विकास थापा, नेविसंघ क्षेत्र नं. २ का अध्यक्ष गोविन्द नेपाली, क्षेत्र नं. ४ का अध्यक्ष किरण पौडेल एवम् विकेस गुरुङ, विनोद पोखरेल, संर्घष कोइराला, कविन्द्र कोइराला, बोधराज ढकाललगायतले बोलेका थिए । कार्यक्रमको संचालन संघका सदस्य विक्रमादित्य सिंह गिरीले गरेका थिए ।
यसैगरी नेपाल तरुण दल कास्कीले नयाँ संविधान जारी भएको खुशियालीमा दीप प्रज्वलन कार्यक्रम आयोजना ग¥यो । नेपाली कांग्रेस कास्कीको कार्यालयबाट ¥याली शुरु गरि विपिचोक चिप्लेढुङ्गामा दीप प्रज्वलन गरिएको कार्यबाहक अध्यक्ष मनोज गुरुङले गोल्डेन न्यूज दैनिकलाई बताए । कार्यक्रममा नेपाली कांग्रेसका नेता शुक्रराज शर्मा, महासमिति सदस्य शोभियत बहादुर अधिकारी, तरुण दलका केन्द्रीय सदस्य ऋषि काफ्ले र मुक्ति अधिकारी, कास्की सचिव शंकर ढुङ्गाना र पदम वस्ताकोटी लगायतले आ–आफ्नो भनाइ राखेका थिए । त्यस अवसरमा संविधानको धारा संख्या अनुसार नै दीप प्रज्वलन गरिएको सचिव शंकर ढुङ्गानाले बताए । यसैगरी कपडा व्यवसायी एशोसिएशन पोखराले पनि नयाँ संविधानको स्वागत एवं खुशी व्यक्त गर्दै दीप प्रज्वलन ग¥यो । संस्थाको कार्यालय अगाडि सृजनाचोकमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष यामनाथ तिमिल्सिनाको साथै अन्य पदाधिकारी, सदस्य एवं कपडा व्यवसायी र स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो ।
यसैगरी संविधान जारी भएको खुशीयालीमा पर्यटकीय क्षेत्र लेकसाइडमा विजयोत्सव तथा दीपावली गरिएको छ । लेकसाइडको हल्लनचोकदेखि सहिदचोकसम्म पोखरा पर्यटन परिषद् र पोखरा महिला जेसीजले करिब तीन किलोमिटर क्षेत्रमा विजय ¥याली सहित दीपावली गरेका थिए । दीपावली आयोजना गरेको पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष सोमबहादुर थापाले पर्यटन क्षेत्रमा संविधानले खुशीयाली थपेको बताए । त्यहि खुशीयालीलाई हर्षाेल्लासको रुपमा आफूहरुले मनाएको उनले बताए । ‘संविधानले नेपालीलाई सार्वभौम बनाएको छ । यसले मुलुकलाई नै आर्थिक गतिविधिमा धकेल्ने विश्वास छ’ उनले भने, ‘मुलुकको मुहार फेर्न संविधान जरुरी थियो । त्यो पुरा भएको छ ।’ पिटिसीको आयोजनामा पञ्चेबाजा बजाउँदै नाचगान गर्दै हल्लनचोक देखि सहिदचोकसम्म विजयोत्सव ¥याली आयोजना गरिएको थियो । ¥यालीमा विदेशी पर्यटक पनि सहभागी थिए । विदेशीले पनि नेपाली नागरिकसँगै मैनबत्ती बालेर दीपावली गरेका थिए । हल्लनचोदेखि सहिदचोक सम्मका बीच–बीचका चौतारोमा दीपावली गर्दै झिलिमिलि पारिएको थियो । त्यसबाहेक घरघरमा पनि दीपावली गरिएको थियो । कार्यक्रममा बोल्दै पर्यटन व्यवसायीले मुलुकले अब कोल्टो फेर्ने बताए । पोखरा पूर्नजागरण समिति (पिटिआरसी) का संयोजक गणेशबहादुर भट्टराइले मूलूकलाई यो संविधानले आर्थिक रुपमा परिवर्तन गर्ने बताए । पोखराको पर्यटन क्षेत्रमा संविधानले विशेष महत्व राख्ने उनले बताए । भूकम्पले थलिएको पर्यटन क्षेत्रमा संविधानको आगमनले विकासको ढोका खोल्ने भट्टराइले बताए । ‘भूकम्पले पर्यटन क्षेत्र थिलोथिलो भएको थियो । फेरि तराइ बन्द कारण पनि पर्यटन क्षेत्रले मार खेपेको थियो’ उनले भने, ‘तर अब मुलुकले संविधान पाएपछि आर्थिक वृद्धिमा फड्को मार्नेछ ।’
यसैगरी पोखरा स्टील फेब्रिकेटर्स एशोसिएसन र अन्नपूर्ण सोलार एण्ड ई. को संयुक्त आयोजनामा संविधानको स्वागत गर्दै दीपावली गरिएको छ । पोखरा ८ न्यूरोडमा अन्नपूर्ण सोलर आगडि सो उद्योगले २४ बर्ष पूरा गरि रजत जयन्तीमा प्रवेश गरेको मौका पारी सो कार्यक्रम सम्पन्न गरियो । अन्नपूर्ण सोलारले रजत जयन्तिको अवसरमा बर्षभरीनै विभिन्न कार्यक्रम गर्ने सो अवरमा प्रोडक्सन ईञ्जिनियर नरायण बास्तोलाले जानकारी दिए । पूर्व न्यायाधिश करुणानिधि शर्मा प्रमुख अतिथिले पहिलो दीप प्रज्वलन गरि सुरु भएको कार्यक्रममा उपस्थित सबैले नेपालको नक्सामा दीप प्रज्जवलन गरेका थिए । सो अवसरमा संस्थाका अध्यक्ष कृष्ण तिवारी, निर्वतमान अध्यक्ष रुद«लाल क्षेष्ठ, केन्द«ीय सदस्य अम्बरबहादुर लगायत कार्यसमितिको उपस्थिति रहेको थियो भने कार्यक्रम सञ्चालन संस्थाका महासचिव वसन्त रेग्मीले गरेका थिए । यसैगरी पोखराको माछापुच्छ«े क टोल सुधार समिति र चौतारी आमा समूह क को संयुक्त रुपमा आईतबार दीप प्रज्ज्वलन भएको समितिका अध्यक्ष टोप बहादुर थापाले बताए । उनका अनुसार नेपालमा नयाँ संविधान जारी भएको खुशियालीमा वालवालिकादेखि बृद्धबृद्धासम्म कार्यक्रममा सहभागी थिए । समाजसेवि ऋषि काफ्ले, समूहका अध्यक्ष मनु थापा र समितिका सचिव अर्जुन विकले नयाँ संविधानले देशमा नयाँ आशा जगाएको बताए ।
यसैगरी तनहुँको माझकोटमा पनि नयाँ संविधानको खुशियालीमा दीप प्रज्ज्वलन भएको छ । स्थानीय आमा समूह, क्लव तथा राजनीतिक पार्टीहरुले संयुक्त रुपमा नयाँ संविधानको स्वागत गर्दै दीप प्रज्ज्वलन गरी खुशियाली मनाएको माझकोटबाट दिपेन्द्र रानाले बताए । नेपाली काग्रेंस तनहँुका सदस्य क्याप्टेन मनबहादुर राना, क्षेत्र नम्बर ३ का महिला सभापति कुश्मादेवि रानाले दीप प्रज्ज्वलन गरी कार्यक्रमको शुभारम्भ गरेका थिए । त्यसैगरी पिरुङ फेदी युवा क्लवका अध्यक्ष नन्दसिंह राना, कठर्दी आमा समूहका माया राना, कठर्दी समाजका भोजबहादुर राना लगायतले दीप प्रज्ज्वलन गरेका थिए । ३३ हजार ३ सय ३३ वटा दीप प्रज्ज्वलन गरिएको बताईन्छ ।यसैगरी नेपाली काँग्रेस धादिङ– पोखरा सम्पर्क सदन कास्कीले नेपालको नयाँ संविधान जारी भएको खुशियालीमा दीप प्रज्वलन गरेको छ । सम्पर्क सदनले आफ्नो कार्यालय पोखरा न्यूरोडमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको सम्पर्क सदनका सभापति केदार धमलाले जानकारी दिए । सदनका उपसभापति यादुप्रसाद ढकाल, दिनेशकुमार श्रेष्ठ, सचिव माधव लम्साल लगायतले बोलेका थिए ।
यसैगरी नयाँ संविधानको स्वागत र खुशीयालीमा आइतबार पोखरेली खेलकर्मीहरुले दीपावली गरेका छन् । कास्की जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको दीपावलीमा पोखरामा रहेका खेल संघ–संस्था र खेलाडिले संयुक्त रुपमा नेपालको नक्सा कोरे मैनबत्ति बालेर नयाँ संविधान जारी भएको खुशियाली मनाएका थिए । खेलाडीहरुले एक आपसमा शुभकामना आदान–प्रदान गरेका थिए । नेपाली जनताको दशक लामो सपना पुरा भएको भन्दै खेलाडीहरुमा खुशीयाली छाएको थियो । साँझ ५ बजे पोखराको पृथ्वीचोकमा आयोजित दीपावली कार्यक्रमको उद्घाटन गदै पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले खेलकुदलाई मौलिक अधिकारका रुपमा स्थापित गर्न नसकेपनि सम्पूर्ण नेपालीको भाग्य र भविष्यको फैसला गर्ने छ भन्दै समृद्ध नेपाल निर्माणको बाटो तर्फ मुलुक अग्रसर भएको बताए । कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङले सम्पूर्ण नेपालीको चाहाना पुरा भएको बताउदै सोमबार हुने र्यालीमा समेत सहभागी हुन सम्पूर्ण खेलकर्मीहरुलाई आग्रह गे । कार्यक्रमको संचालन समितिका कार्यालय प्रमुख प्रकाश बरालले गरेका थिए ।
यसैगरी नेपालको संविधान घोषणाको खुशीयालीमा आइतबार साँझ लामाचौरमा खुशीयाली सभा सहित दीप प्रज्वलन गरिएको छ । पोखरा–१९ लामाचौरमा क्रियाशिल नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादी र राप्रपाले साँझ लामाचौर चोकमा सभा सहित दीप प्रज्वलन गरिएको बताइएको छ । बर्षौ पछि नेपाली जनताको चाहना पुरा भएको भन्दै मनाइने खुशियाली सभामा त्यस क्षेत्रका आमा समुह, युवा क्लव लगायतका संघ संस्था पनि सहभागी भएको एमाले वडा कमिटिका अध्यक्ष तोरण बहादुर के.सी. ले जानकारी दिए । नेपालको नक्सा सहित सभा गरिएको थियो । यस्तै, पोखराको बाटुलेचौरमा पनि स्थानीय राजनीतिक दलको अगुवाईमा दिपावली गरिएको छ । बाजागाजा सहित स्थानीय वासिन्दाले मैदानमा दीपावली गरी खुशियाली साटेको एमाले वडा कमिटीका अध्यक्ष सुवासबाबु अधिकारीले जानकारी दिए ।
यसैगरी पोखरामा रहेका रोटरी क्लवहरुले पनि आइतवार साझँ दिप प्रज्वलन गरेका छन् । संविधान घोषणालाई ऐतिहासिक दिन भन्दै साझ शहिद चोकमा सम्पूर्ण रोटरियनहरुले दीप प्रज्वलन गरेको रोटरीयन सुवास सिग्देलले जानकारी दिए । कार्यक्रममा विभिन्न रोटरी क्लवमा आवद्ध सवैको उल्लेख्य सहभागिता रहेको थियो ।यसैगरी नेपालमा नयाँ संविधान जारी भएको उपलक्ष्यमा पोखराको नागढुङ्गा युवा क्लवले पनि दिपावली गरि खुशियाली साटासाट गरेको छ । क्लवका अध्यक्ष विनोद लामिछाने र नागढुङ्गा आमा समूहका अध्यक्ष पवित्रा गिरीले संयुक्त रुपमा दिप प्रज्वलन गरि कार्यक्रमको शुरुवात गरेका थिए । कार्यक्रममा बोल्दै क्लव अध्यक्ष लामिछानेले नयाँ संविधानको घोणणाले नेपालीहरुमा खुसिको सञ्चार छाएको बताए । क्लवका सदस्य राजु जैशीले कार्यक्रम संचालन गरेका थिए ।
यसैगरी शान्तिका लागि नागरीक समाजको सञ्जाल कास्कीले नेपालको संविधान–२०७२ लाई स्वागत तथा खुशी ब्यक्त गरेको छ । सञ्जालद्वारा जारी गरिएको विज्ञप्तिमा जनताले निर्वाचन गरेका प्रतिनिधिहरु मार्फत संविधान जारी हुनुपर्ने माग गर्दै नेपाली जनताले विगत सात दशकदेखि विभिन्न रुपका आन्दोलन गर्दै आएका थिए । सोही आन्दोलनको परिणाम दोश्रो पटक सम्पन्न सविधानसभाको निर्वाचन पश्चात नव्वे प्रतिशत भन्दा वढी संविधान सभाका सदस्यहरुको सहभागीतामा पारित एवं सभामुखद्वारा प्रमाणीकरण भै जारी गरिएको नेपालको संविधान–२०७२ लाई हार्दिक स्वागत गर्दछौं नागरिक समाजको सञ्जाल कास्कीको संयक्त विज्ञप्तीमा भनिएको छ । यसैगरी पोखरा–१५ मा नेपाली कांग्रेस वडा समिति र स्थानीय क्लव तथा संघसंस्थाहरुले छुट्टा–छुट्टै रुपमा वडाको विभिन्न ठाउँमा दीपावली गरेका छन् । पोखरा–१० को कालिकोकमा स्थानीय सर्वसाधारणले नेपालको नक्सा सहित दीपावली गरेको स्थानीय शिक्षासेवी वीरबहादुर बुढाथोकी र अधिवक्ता विष्णुकुशल भुजेलले बताए । यसैगरी पोखराको अमरसिंहचोक, भद्रकालीचोक, काहुँखोला र पाटनवेशी, पोखराको बगालेटोल, लगायतका क्षेत्रमा पनि स्थानीय सर्वसाधारण र दलका कार्यकर्ताहरु मिलेर दीपावली गर्दै नयाँ संविधानको स्वागत गरेका थिए । पोखरा–११ रानीपौवामा आदर्श समाज सामाजिक संस्था र पोखरा जेसीजले पनि संयुक्त रुपमा दीपावली गरी संविधानलाई सवागत गरेका थिए । यस्तै पोखराको मानवअधिकार चोकमा पनि स्थानीय सर्वसाधारण र विभिन्न टोल विकास संस्थाका महिलाहरुको सहभागितामा दीपावली गरिएको थियो ।
Post a Comment