0
पोखरा उप–महानगरपालिका वडा नं. १२ मा वडा नागरिक मञ्चको कार्यसंचालन समिति निर्वाचनबाट चयन भएको छ । मञ्चको संयोजकमा १४ मत प्राप्त गरि बीरबहादुर थापा निर्वाचित भए भने उनका प्रतिद्वन्दी गोविन्द प्रसाद घिमिरेले ५ मत प्राप्त गरे । यसैगरी सहसंयोजकमा कल्पना ढकालले १४ मत प्राप्त गरि विजयी भइन भने प्रतिद्वन्दी मिना विकले ५ मत पाएकी थिइन । २७ जना मतदाता रहेको मञ्चमा ५ मत बदर भएको थियो । मञ्चका सदस्यहरुमा भगवती कोइराला, नरप्रसाद गुरुङ र निर्मला सापकोटा निर्वाचित भएका छन् । पोउमनपा १२ का वडा सचिव अर्जुन प्रसाद पौडेलको अध्यक्षता र नेष्टकी कार्यक्रम संयोजक निर्मला अर्यालको प्राुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको संचालन सामाजिक परिचालक निर्मला सापकोटाले गरेकी थिइन ।

Post a Comment

 
Top