0
गोल्डेन न्यूज संवाददाता
कास्की जिल्ला पुस्तकालय व्यवस्थापन समितिको आयोजनामा ‘पुस्तकलाई माया गरौं, पुस्तकालयको विकास गरौं’ भन्ने मूल नाराका साथ आज पोखरामा विविध कार्यक्रमहरुका साथ पुस्तकालय दिवस सम्पन्न भएको छ ।  नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठ प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा पोखराका अग्रज शिक्षासेवी जर्ज जोन र पाल्पा तानसेनको ऐतिहासिक धवल पुस्तकालयलाई सम्मान गरिएको थियो । पुस्तकालय दिवसका अवसरमा आयोजित गुणस्तरीय शिक्षामा पुस्तकालयको भूमिका शीर्षकको कास्की जिल्ला क्याम्पस स्तरीय निबन्ध प्रतियोगितामा पृथ्वीनारायण क्याम्पसका बाबुराम चालिसे पहिलो, आमोद दाहाल दोस्रो र गण्डकी आवासीय उच्च माविका विशाल न्यौपाने तृतीय भई क्रमशः पाँच, चार र तीन हजार नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरेका थिए । निबन्ध प्रतियोगितामा कास्कीका विभिन्न कलेज तथा उच्च माविहरुबाट २७ जना विद्यार्थीहरु सहभागी भएका थिए । उक्त अवसरमा प्रमुख अतिथि सरुभक्त श्रेष्ठले विश्वका विकसित मुलुकहरुमा जस्तै नेपालमा पनि केन्द्रदेखि गाउँगाउँमा पुस्तकालय सुविधा विस्तार गर्न आवश्यक रहेको बताउँदै पोखरामा पुस्तकालयको विकासमा आफूले पनि लामो समय खर्चिएको र भोलिका दिनमा सुविधा सम्पन्न पुस्तकालय देख्न चाहेको कुरा व्यक्त गरेका थिए । सँगसैगै पोखराका पुस्तकालयसेवीहरुले पु¥याएको योगदानको पनि खुलेर प्रशंसा गर्नुका साथै पुस्तकालय र शैक्षिक विकासमा विशेष योगदान पु¥याउने अग्रज व्यक्तित्व र संस्थालाई सम्मान प्रदान गरेकोमा खुसी व्यक्त गरेका थिए । नेपालमा पहिलोपटक गीर्वाणयुद्ध विक्रम शाहले वि.सं. १८६९ भाद्र १५ मा लालमोहर मार्फत पुस्तक चिताई तहविल नामकरण गरी पुस्तकालयको स्वरुप प्रदान गरेको दिनलाई पुस्तकालय स्थापनाको पहिलो सुखद प्रयासका रुपमा स्मरण गर्दै २०६५ देखि भदौ १५ लाई पुस्तकालय दिवसको रुपमा मनाउन थालिएको हो । नागरिकहरुमा अध्ययन संस्कृतिको विकास गरी ज्ञान र सूचनामा आधारित सभ्य, सुसंस्कृत एवम् समृद्ध समाज निर्माण गर्नु पुस्तकालय दिवसको मूल उद्देश्य रहेको छ । कार्यक्रमका अवसरमा पश्चिमाञ्चल विकास मञ्चका महासचिव धर्मराज बराल, धवल पुस्तकालयका अध्यक्ष युवराज पौडेल, जर्ज जोन, अर्जुन श्रेष्ठ, डा. लक्ष्मीशरण अधिकारी, दुर्गा प्रसाद आचार्य, जिशिअ अम्बिका प्रसाद आचार्यले मन्तव्य राखेका थिए । रेन्वो चिल्ड्रेन होम नेपालको तर्पmबाट विवध नृत्यहरु प्रस्तुत गरिएका थिए । प्रा.डा. विश्व श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम मूल आयोजक समितिका सदस्य सचिव सूर्य क्षेत्रीले सञ्चालन गरेका थिए ।

Post a Comment

 
Top