गोल्डेन न्यूज संवाददाता
आठांै राष्ट्रिय सूचना दिवस कास्कीमा एक कार्यक्रमको आयोजना गरि मनाइएको छ । कार्यक्रममा वोल्ने वक्ताहरुले कास्कीमा सूचनाको हक कार्यान्वयनको अवस्था सुधारउन्मुख भएको वताएका छन् । कार्यक्रममा वोल्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी कृष्ण वहादुर राउतले कास्कीमा सूचनाको हकको कार्यान्वयनको अवस्था सुधारउन्मुख भएको वताउदै सम्पुर्ण कार्यालयहरुलाई सूचनाको हक पूर्ण रुपले मनाउन निर्देशन दिएका छन् । उनले सूचनाको हक सवै कार्यालयले लागु गर्नुपर्ने र हरेक तिन तिन महिनामा सार्वजनिक गर्नुपर्ने सूचनाहरु सवै कार्यालयहरुले सार्वजनीक गर्नुपर्नेमा जोड दिए । साथै सरकारी कार्यालयले मात्र होइन सम्पुर्ण सार्वजनिक निकायले सूचना अधिकारीको व्यवस्था गर्न समेत अनुरोध गरे । उनले हरेक कर्मचारीले आफ्नो आफ्नो जिम्मेवारी र दायित्व निर्वाह गरे सूचनाको हक स्वत कार्यान्वयन हुनेमा समेत जोड दिए । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा पश्चिमाञ्चल मा पहिलोपटक सूचनाको हक कार्यान्वयनमा पहल गर्दै आएको संस्था मानव विकास मंचका अध्यक्ष सूचना अभियन्ता सुष्मा पौडेलले सूचनाको हकको कार्यान्वयनको अवस्था सुधारउन्मुख भएपनि अझै पुर्ण रुपले सन्तुष्ट हुन सक्ने अवस्था नभएको वताइन् । उनले सूचनाको हक, सूचनाको हकको अवस्था र सूचनाको हकका विषयमा सञ्चालन भएको गतिविधिका वारेमा उल्लेख गर्दै सूचनाको हक सामाजिक जवाफदेहीता र सुसासनको वलियो आधार भएकाले यसलाई लागु गर्न सवै एकजुट हुनुपर्नेमा जोड दिइन् । कार्यक्रममा वोल्दै नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य पुण्य पौडेलले सूचनाको हकको कानून निर्माण देखि कार्यान्वयन सम्म नेपाल पत्रकार महासंघले खेलेको भूमिका वारेमा प्रष्ट्याएका थिए । कार्यक्रमका अध्यक्ष पश्चिमाञ्चल क्षेत्रीय हुलाक निर्देशक घनश्याम भण्डारीले कास्की जिल्लाका ९५ प्रतिशत कार्यालयमा सूचना अधिकारीहरु तोकीएको जानकारी जानकारी दिदै सवै संघसंस्था र कार्यालयहरु एकजुट भएर कास्कीलाई पूर्ण सूचनाको हक युक्त जिल्ला बनाउनु पर्नेमा जोड दिए । कार्यक्रम स्वागत मन्तव्य हुलाक कार्यालयका सूचना अधिकारी दिपक रेग्मीले गरेका थिए भने कार्यक्रमको सञ्चालन कर्मचारी ददिकला भुषालले गरेकि थिइन् । कार्यक्रममा अक्तियार दुरुपयोग अनुसन्धान आयोग पश्चिमाञ्चल क्षेत्रिय कार्यालयका प्रमुख विश्वप्रकास सुवेदी, सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रनाथ गौतम लगायत कास्कीका विभिन्न कार्यलयका कार्यलय प्रमुख तथा सूचना अधिकारी, नागरिक समाज, सूचना अभियन्ता तथा पत्रकार लगायतको उपस्थिती रहेको आरटिआई गु्रुपका सदस्य अधिवक्ता विष्णु अधिकारीले जानकारी दिएका छन् । सूचनाको हक सम्वन्धी ऐन २०६४, २०६४ साल साउन २ गते प्रमाणीकरण भई त्यसको ३० दिन पछि अर्थात् भदौ ३ गतेदेखि लागू भएको मितिलाई नेपालमा राष्टिूय दिवसका रुपमा मनाउने गरिन्छ । सोही अनुरुप कास्कीमा पनि २०६५ सालदेखी विविध कार्यक्रमको आयोजना गरि मनाउने गरिन्छ । नै राष्ट्रिय सूचना दिवस मानि उक्त दिनलाई नेपालमा सूचनाको दिवसका रुपमा मनाउने गरिन्छ ।
Post a Comment