गोल्डेन न्यूज संवाददाता
गाईजात्रा पर्वको अवसरमा स्व. सर्वज्ञमान प्रधानाङ्गको पुण्य स्मृतिमा “रामायण” कार्यक्रम गरिने भएको छ । “रामायण” कार्यक्रम यहि भाद्र १३ गते गाइजात्राको दिन उनकै निवास भैरवटोलबाट सुरु भई विन्ध्यवासिनी मन्दिर परिक्रमा गरी मोहोरिया टोल, भैरवटोल, भिमसेन टोल, नालामुख, तेर्सापट्टी, पालिखेचोक, चिप्लुढुङ्गा, सिद्धार्थचोक हुँदै पुनः भैरवटोलमा बृहत कार्यक्रमका साथ समापन हुने बताइन्छ । वाल्यकालदेखि नै संगीतप्रति चासो राख्ने सर्वज्ञमानले त्रैलोक्यानाथ शम्शेर (हरिराजा) संग शास्त्रीय संगीतको शिक्षा ग्रहण गरे । शास्त्रीय संगीत र भक्ति संगीतको क्षेत्रमा जीवनको अन्तिम अवस्थासम्म उनको लगावका साथ साधनाको प्रदर्शन गरे त्सको सबैले प्रशंसा गर्ने गर्दथे । आफूसंग भएको सांगीतिक ज्ञान अरुलाई समेत प्रदान गर्न कहिल्यै कन्जुस्याइँ गरेनन् । नेवाः खलः कास्कीको संस्थापक अध्यक्षका रुपमा स्व. प्रधानाङ्गले नेवाः संस्कृति र एकताका लागि जयढुंगाको भूमिका निर्वाह गरेका थिए । वहुआयामिक व्यक्तित्वका रुपमा सर्वज्ञमानलाई पोखरेली समुदायले चित्रण गर्ने गर्दथे । उनले विभिन्न शैक्षिक, धार्मिक र परम्परागत कार्यमा सक्रिय हुनुको साथै उदारतापूर्वक आर्थिक सहयोग समेत गरेका थिए । इहिं यज्ञ, सामूहिक ब्रतबन्ध जस्ता अनुष्ठानहरु, व्याहञ्चली भजन गायन, मालश्री भजन, विविध क्षेत्रहरुमा भक्ति संगीत कार्यक्रमको आयोजनामा माध्यम उनले पु¥याएको योगदान कसैले भुल्न सक्दैनन् । ती नै बहुमुखी प्रतिभाका धनी स्व. सवज्र्ञमान प्रधानाङ्गको पुण्य स्मृतिमा आयोजना गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ । पिता चर्तुरमान प्रधानाङ्ग तथा माता रत्न कुमारी प्रधानाङ्गको प्रथम पुत्ररत्नका रुपमा वि.सं.१९७१ फागुन शिवरात्रीका दिन सर्वज्ञमान प्रधानाङ्गको जन्म भएको हो । चार छोरीहरुपछि सवज्ञमानको जन्मले परिवारमा ठूलो हर्ष छायो । आर्थिक रुपमा सम्पन्न र सामाजिक रुपमा प्रतिष्ठित परिवारको प्रथम पुत्ररत्नको वाल्यकाल स्वभाविक रुपमा नै सुखद रह्यो । राणाशसनको क्रुरताको कालो छायाँ मुनि सिंगो राष्ट्र आहत् भएको तत्कालिन समय राजनीतिक चेतना भएको युवाहरु राष्ट्रप्रेम अभिव्यक्त गर्न बेचैन थिए । त्यो वेचैनीमा सर्वज्ञमान पनि थिए । युवक सर्वज्ञमान राणाशासनको विरुद्ध प्रजातन्त्रको स्थापनाका लागि महत्वपूर्ण प्राप्ति बन्यो । प्रजातन्त्र सेनानीका रुपमा पोखरेली समाजले उनलाई सम्मान ग¥यो । नेपालको इतिहासदेखि वर्तमानसम्म गाईजात्रा पर्वको आफ्नै महत्व रहेको पाइन्छ । राजा जयप्रकाश मल्लले आफ्ना एक मात्र सन्तानको मृत्युले भावविहोल बन्न पुगकी रानीलाई सान्तवना दिनको लागि यस प्रथाको सुरुवात गरेको इतिहासमा पाइन्छ । त्यस पछि यो पर्वको महत्व हालसम्म कायम रही आएको छ । विशेष गरी सामाजिक क्षेत्रमा विशिष्ट योगदान दिने व्यक्तित्वहरुको अवशानको स्मृतिमा निकालिने गरिन्छ । हरेक जन्मपछि मृत्यु निश्चित हुने हुनाले आफ्नो परिवारमा मात्र होइन अरुको परिवारमा पनि मृत्यु हुन्छ भनेर आफ्नी रानीलाई हौसला प्रदान गर्ने हेतुले कोही गाईको भूमिकामा, कोही जोगीको भूमिकामा त कोही हाँसोको पत्र बनाएर प्रहसनको माध्यमद्वारा टोल समाजमा प्रस्तुत गर्ने चलन चलिआएको पाइन्छ ।
Post a Comment