0
गोल्डेन न्यूज संवाददाता
गण्डकी आवासीय उच्च माध्यमिक विद्यालय स्वर्ण जयन्ती महोत्सव २०७२÷०७३ को शुभ अवसरमा ‘साइनिङ टु आउटसाइन विथ गोल्डेन रेडियन्स’ को मूल नाराका साथ आयोजित बृहत् वृक्षरोपण कार्यक्रम शनिवार सम्पन्न भयो । जिल्ला शिक्षा अधिकारी अम्बिका प्रसाद आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा आयोजक गण्डकी आवासीय उच्च माध्यमिक विद्यालय र एग्बोसा जिबिएस रहेको थियो । उक्त अवसरमा प्राचार्य रविप्रसाद बरालले प्रमुख अतिथि जि.शि.अ. अम्बिका प्रसाद आचार्यलाई बोधिचित्तको विरुवा हस्तान्तरण गरी वृक्षरोपण कार्यक्रम शुभारम्भ गरेका थिए । त्यस अवसरमा प्रमुख अतिथि जिशिअ आचार्यले वृक्षरोपणले वातावरणमा पर्ने प्रभावका बारेमा प्रकाश पार्दै जिबिएस परिसरमा करिव ५५ प्रतिशत भूभाग हरियालीले ढाकेकोमा खुशि व्यक्त गर्दै स्वर्ण जयन्ती वर्षको सफलताको कामना गरेका थिए । एग्बोसा गण्डकीका सदस्यहरूको उपस्थितिमा विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीहरूले जिबिएस कम्पाउन्ड भित्र बोधिचित्त, रुद्राक्ष, चाँप, पाउलोनिया, तेजपत्ता, लब्सी, टुनी आदि गरी १ सय ३० भन्दा बढी विरुवाहरू रोेका थिए ।

Post a Comment

 
Top