गोल्डेन न्यूज संवाददाता
पोखरा–२ मिरुवामा रहेको ज्ञानुबाबा उच्च माविमा नेपाली भाषामा वादविवाद प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयका संस्थापक कृष्णबहादुर गुरुङ्गको अध्यक्षतामा भएको प्रतियोगितमा सुसान्त पौडेल प्रथम, खुश्वु जैसवाल द्वित्तीय, सिम्रोन गहतराज तृतीय र नविना गुरुङ्गले सान्त्वना हासिल गरेकी छिन् । १८ जना प्रतियोगिले भाग लिएको प्रतियोगिताका निर्णायकमा सरन सापकोटा र कला क्षेत्री तथा नेपाली शिक्षिका हिरादेवी खतिवडाले कार्यक्रमको संयोजन गरेका थिए । विजयी विद्यार्थीलाई विद्यालयका प्राचार्य दिनेश अर्याल र संस्थापक गुरुङ्गले बधाई ज्ञापन गरेकी थिइन ।
Post a Comment