गोल्डेन न्यूज संवाददाता
जलवायु परिवर्तनका कारण समुदायमा विभिन्न संकट उत्पन्न सक्ने एक कार्यक्रममा जोड दिइएको छ । नेपालको पर्वतीय पारस्थितिकीय प्रणालीमा आधारित अनुकुलन कार्यक्रमको परिप्रेक्षमा संकटासन्नता प्रभाव मूल्याङ्कन विषयक प्रशिक्षक प्रशिक्षण तालिमको उद्घाटनको अवसरमा सो कुरामा जोड दिइएको छ । कार्यक्रमको शुभारम्भ गर्दै क्षेत्रीय वन निर्देशनालय पोखराका निर्देशक शान्तमुनि ताम्राकारले स्थानीयहरुलाई पर्ने विभिन्न किसिमका समस्यासँग जुध्न यस प्रकारको तालिमले सहयोग पु¥याउने बताए । प्रमुख प्रशिक्षक एवम् त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञान विभागका प्राविधिक सल्लाहकार डा. दिनेश भुजुले जलवायु परिवर्तनका कारण विभिन्न संकट र आपतहरु आउन थालेकाले यसबाट बच्न सचेतना जगाउनुका साथै अनुकुलनका उपाय अपनाउनुपर्नेमा जोड दिए । पछिल्ला वर्षहरुमा नेपालमा पनि हिमताल पग्लने, वालीनालीमा किरा लाग्ने, वनजंगलमा डढेलो, खेतीपातीमा फूल अगाडि नै फूल्ने लगायत जलवायु परिवर्तनका विभिन्न असरका स्वरुपहरु देखिन थालेको छ । यिनिहरुले ल्याउने संकट वा आपतवारे तालिममा छलफल गरिने डा. भुजुले जानकारी दिए । वातावरण विज्ञान केन्द्रिय विभागका विद्यार्थीहरुले पञ्चासे क्षेत्रमा भौगोलिक अवस्था, जमिन, माटो, जलाधार क्षेत्र, खाद्यान्न उत्पादन, छत्रे उनिउँ लगायतका विषयमा गरेका अनुसन्धान पनि सो अवसरमा प्रस्तुत गरि छलफल गरिने बताइएको छ । इबीएको आयोजनामा कास्कीको लुम्लेमा आयोजित कार्यक्रममा कास्की, पर्वत र स्याङ्जा जिल्लाका पञ्चासे संरक्षित वन मूल परिषद, इकाई परिषद र विद्यालयका शिक्षकहरुको सहभागिता रहेको छ । तालिम पश्चात उनीहरुले जलवायु परिवर्तनका कारण समुदायमा परेको असर र संकटको अवस्थाको बारेमा स्थानीयलाई प्रशिक्षण दिने छन ।
Post a Comment