मैदान आमा समूह पोखरा–१६ को १९औँ साधारणसभा तथा अधिवेशनले आगामी ३ वर्षे कार्यकालका लागि पुन ः निर्मला बस्नेतको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको प्रथम उपाध्यक्षमा मिठु थापा, ढितिय उपाध्यक्षमा गोमादेवी खड्का, सचिवमा ज्योती बस्नेत, सह–सचिवमा यमुना भण्डारी, कोषाध्यक्षमा मनु मस्नेत, सदस्यहरुमा मिना अधिकारी, मिना थापा, लक्ष्मी बस्नेत, पावित्रा बस्नेत, मिरा बस्नेत, लालकुमारी बस्नेत, अमृता श्रेष्ठ चयन भएका छन् । यसअघि कार्यक्रमको उद्घाटन गर्दै सभासद कुमार खड्काले आमा समूहहरुले आफ्ना सदस्यहरुको आय आर्जनमा वृद्धि हुने कार्यक्रममा जोड दिनुपर्ने बताइन । समूहकीे अध्यक्ष निर्मला बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा समूहका सल्लाहकारहरु प्रकाश थापा, मोहन थापा, देवबहादुर खड्का, मानार्थ सदस्य सरस्वती खड्का, सदस्य डालडा भूजेल, वडा नागरिक मञ्च १६ का अध्यक्ष कृष्णराज अधिकारी, टोल विकास समन्वय समितिका अध्यक्ष पुष्पराज तिमिल्सिना, बडरबोट आमा समुहका उपाध्यक्ष शारदा देवकोटा, हिमालय क्लबका अध्यक्ष जीवनारायण श्रेष्ठ, समाजसेवी उदयबहादुर बस्नेत, समुहका उपाध्यक्ष मिठु थापा लगायतले आ–आफ्नो भनाइ राखेका थिए । सोही अवसरमा समुहका ज्येष्ठ सदस्य तिलकुमारी बस्नेतलाई दोसल्लाह र सम्मानपत्रले सम्मान गरिएको थियो । कार्यक्रममा सचिव ज्योति बस्नेतले प्रस्तुत गरेको संस्थाको प्रगति प्रतिवेदन र कोषाध्यक्ष कृष्ण खड्काले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनलाई सभाले सर्वसम्मतीले पारित गरेको थियो ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment