0
गोल्डेन न्यूज संवाददाता
पोखरामा सम्पन्न टि–२० महिला क्रिकेट लिग प्रतियोगितामा आयोजक माछापुच्छ«्रे क्रिकेट क्लव पोखराले उपाधि चुमेको छ । शुक्रवार राइजिङ्ग क्रिकेट फर उमन क्लव काठमाण्डौंलाई २८ रनले पाखा लगाउदै माछापुच्छ«े च्याम्पियन बनेको हो । टस जितेर ब्याक्टिङमा उत्रेको माछापुच्छ्रेले तीन विकेटका क्षतिमा एक सय २४ रनको स्कोर खडा गरेको थियो । लक्ष्य पछ्याउन मैदानमा उत्रेको राइजिङ्ग क्रिकेट फर उमन क्लव पुरा २० ओभर खेल्दै ६ विकेटको क्षतीमा ९६ रनमा समेटिएपछि माछापुच्छ«े विजयी भएको हो । राइजिङ्गलाई सस्तैमा समेटन सरिता मगर, सामना पुनमगर, शोभा आलेले क्रमशः एक एक विकेट लिएका थिए । राइजिङ्गकी रेखा रावलले १४ रन र सजनी श्रेष्ठ १० रन नटआउट बाहेक अन्य खेलाडीले दोहोरो अंक जोडन सकेनन् । माछापुच्छ«ेको जितमा इन्दु बर्माले ५१ बलमा ३३ रन, सरिता मगरले २२ बलमा २८ रन र सञ्जु चौधरीले ३५ बलमा २७ रनको योगदान दिएका थिए । प्रतियोगितामा राइजिङ्गकी गीता चुडाल बेष्ट बलर, माछापुच्छ«ेकी सरिता मगर बेष्ट ब्याट्स उमन र माछापुच्र्छेकै ईन्दु बर्मा उमन अफ द सिरिजको पुरस्कार पाए । च्याम्पीयन बनेको माछापुच्छ«ेले २० हजार नगद, शिल्ड, मेडल तथा प्रमाण पत्र प्र्राप्त ग¥यो । समापन कार्यक्रममा क्यानका कार्यवाहक अध्यक्ष दिपक कोइरालाले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमै महिला क्रिकेट प्रतियोगिता कम हुने गरेको बताउँदै माछापुच्छ«े क्रिकेट क्लव पोखराले प्रतियोगिता आयोजना गरेर नयाँ प्रतिभावान खेलाडी उत्पादन गर्न योगदान दिएको बताए । कार्यक्रममा बिजयी क्लव, खेलाडी र विभिन्न विधामा पुरस्कृत भएका खेलाडीहरुलाई क्यानका कार्यवाहक अध्यक्ष कोइराला, सहयोगी अमेरिकाका रोवट बिज्ली लगायतले पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा आयोजक माछापुच्छ«े क्रिकेट क्लवका अध्यक्ष दिपेश खत्री, सचिव बिवेक चालीसे र कोषाध्यक्ष सुमन गुरुङ गुरुङले पनि भनाई राखेका थिए ।

Post a Comment

 
Top