0
गोल्डेन न्यूज संवाददाता
सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको आयोजनामा ‘यातायात ढुवानी तथा ट्राफिक व्यवस्थापन’ सम्बन्धी अन्तत्र्रिmयात्मक छलफल कार्यक्रम  सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक श्यामु अर्यालले सहभागीहरुबाट उठाईएका  ट्राफिक काम कार्वाही व्यवहारका बारेमा प्रकाश पारे । उनले  यातायात व्यवस्था विभागबाट निर्र्र्देिशत प्रावधानहरु र ट्राफिक नियमका बारेमा प्रष्ट पार्दै गिट्टी बालुवा लगायतका सामाग्रीहरु ओसार–पसारका क्रममा ट्राफिक प्रहरी, सवारी चालक, सह–चालकहरुको तर्फबाट ट्राफिक नियम पालना र व्यवस्थापनमा मर्र्यािदत तवरले लाग्नुपर्नेमा जोड दिए । अर्यालले नेपाल प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवसायी बीच नङ र मासुको सम्बन्ध रहेको हुँदा व्यवसायी र ट्राफिक प्रहरीको समन्वयमा मर्यादित र संयमित भएर लाग्नु पर्ने खाँचो औंल्याए । उनले यदाकदा हुने गरेका केही समस्याहरुलाई आफ्ना मातहतका युनिट र कर्मचारीहरुलाई आवश्यक निर्देशनहरु दिंदै आईरहेकोमा यसका बाबजूद हुन जाने कमिकमजोरी र त्रुटीहरुलाई समयमै औंल्याई दिन आग्रह गरेका थिए । सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष विष्णुबहादुर भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा सचिव प्रेमबहादुर कार्की, सामुदायिक सेवा केन्द्र पृथ्वीचोकका अध्यक्ष गजेन्द्रमान श्रेष्ठ, सामुदायिक सेवा केन्द्र कालिकाका उपाध्यक्ष हुमनाथ अधिकारी, कार्यसमिति सदस्यहरु शारदा सुवेदी, धन बहादुर बि.क., खिमराज लामिछाने यातायात व्यवसायी प्रकाश पहारी, समाज सेवी टेकन गिरी र टोप बहादुर क्षेत्री लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।  त्यस अवसरमा बोल्दै अध्यक्ष भट्टराईले नागरिक समुदाय विभिन्न पेशा व्यवसायीहरुका लागि प्रहरी सेवा शान्ति सुरक्षा कायम राख्न अपरिहार्य रहेको भन्दै वर्तमान अवस्थामा बढ्दो जनसंख्या,  सवारी साधानहरु र सडक दुर्घटनाहरुको दिनानुदिन बृद्धि हुंदै गईरहेको बताए । उनले नागरिक समुदाय र नेपाल प्रहरी एवं ट्राफिक प्रहरी बीचको सम्बन्धलाई सुमधुर र सहज बनाउनका आवश्यक रहेको स्पष्ट पारे । कार्यक्रममा गण्डकी मिनी मझौला ट्रक व्यवसायी समिति कास्कीका अध्यक्ष खड्क बहादुर विश्वकर्मा, निवर्तमान अध्यक्ष बलराम भारती र गण्डकी यातायात ट्रक सञ्चालक व्यवसायी संघ कास्कीका अध्यक्ष लिलाधर बरालले समस्याहरु दुबैतर्फ रहेकोले ट्राफिक प्रहरी कार्यालय र ट्रक यातायात व्यवसायीबीचको सम्बन्धलाई सुमधुर पार्न सकिने स्पष्ट पारे। कार्यक्रममा सामुदायिक सेवा केन्द्र माटेपानीका अध्यक्ष दया बराल, संस्थाका संस्थापक अध्यक्ष मंगलबहादुर नेपाली, जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी नायब निरीक्षक शिव बहादुर थापा, वडा प्रहरी कार्यालय बगरका प्रहरी नायव निरीक्षक नेत्र बहादुर क्षेत्री महासचिव चक्रपाणि सुबेदीले पनि बोलेका थिए । कार्यक्रममा कैलाली जिल्लाको टीकापुरमा हिंसात्मक घटनामा परी कर्तव्य पालनाको सिलसिलमा मृत्यु भएका प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने सहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रहरी कर्मचारीहरुको स्मरण गरिएको थियो ।

Post a Comment

 
Top