0
गोल्डेन न्यूज संवाददाता
पोखरा वडा नं. १० मा सिलाई कटाई सम्बन्धी तीन महिने तालिम शुक्रबार सम्पन्न भयो । महिला समन्वय समितिको आयोजनामा भएको तालिममा ललिता थापा मगर सर्वोकृष्ट हुन सफल भइन । थापालाई फ्लोरा द बुटिकको तर्फबाट सिलाई मेसिन समेत प्रदान गरिएको थियो । संस्थाका प्रबन्ध निर्देशक सम्मरबहादुर श्रेष्ठले पुरस्कार स्वरुप हस्तान्तरण उक्त मेसिन प्रदान गरेका हुन् । तालिममा यम कुमारी बोहोरा द्वित्तीय र रमा तिमिल्सनाले तृतीय हुनु सफल भए । ४२ जना महिला सहभागी रहेको तालिमा उत्कृष्ट १७ मा पर्न सफल महिलाहरुका लागि असोज १ गते देखि एडभान्स लेबलको तालिम प्रदान गर्ने आयोजकले जनाएको छ । यस्तै महिलाहरुको सक्रियताको लागि सधैं सहयोग गर्दै आएको भन्दै वडा नं १० वडा सचिव नवराज थापा र टोल विकास सस्था समन्वय समिति वडा नं. १० अध्यक्ष सम्मरबहादुर श्रेष्ठलाई आयोजकले सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत उदय बहादुर रानाले उनीहरुलाई सम्मान गरेका हुन् । रानाले महिलाहरु आर्थिक सामाजिक र राजनीतिक सबै क्षेत्रमा सक्रिय हुनुपर्ने बताउँदै जुन घरमा महिला आर्थिक रुपमा अरुमा आश्रित छन् सोही घरमा झै–झगडा हुने बताए । उनले महिलाहरु आर्थिक रुपमा सवल हुन सिलाई कटाइ पनि एक भएको बताए । सम्मानित श्रेष्ठले सम्मानले आफूहरु लाई समाज सेवामा लाग्न प्रेरणा मिलेको भन्दै तालिममा सिकेको कुरा व्यवहारमा उर्तान आग्रह गरे ।  कार्यक्रममा समाज सेवी बाल कृष्ण शर्मा, वडा प्रहरी कार्यालयका इन्चार्ज केशब बस्नेत, नेपाली कांग्रेसका नेता विष्णु प्रसाद  शर्मा, समाजसेवी गजकुमारी गुरुङ, प्रशिक्षक मनसुब्बा नेपाली, प्रशिक्षार्थी रितु गुरुङ, शुष्मा आचार्य लगायतले आ–आफ्नो भनाई राखेका थिए । महिला समन्वय समिति वडा नं १० का अध्यक्ष पवित्रा गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव निर्मला कार्कीले गरेकी थिइन । तालिममा सहभागीहरु लाई प्रमुख अतिथि राना लगायतले प्रमाण पत्र वितरण गरेका थिए ।




Post a Comment

 
Top