पोखराको कास्की फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७१÷ ०७२ को मुनाफावाट आफ्ना शेयरधनीहरुलाई १८.१७ प्रतिशत वोनस शेयर दिने भएको छ । कम्पनीको सञ्चालक समितिको वैठकबाट निर्णय भई नेपाल राष्ट्रबैंकवाट स्वीकृत भैसकेको यो नाफा आगामी भाद्र २९ गते हुने वार्षिक साधारण सभावाट पारित भए पश्चात वितरण गरिने प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए । संस्थाले गत आ.व.मा रु २ अर्व ८० करोड निक्षेप संकलन रु २ अर्व ४३ करोड कर्जा लगानी गरि रु १० करोड १० लाख संचालन मूनाफा गरेको बताइएको छ । यो वित्तीय संस्था र कामना विकास वैंक वीच मर्जरको लागि समझदारी पत्रमा हस्ताक्षर समेत भई राष्ट्रिय स्तरको विकास वैकका रुपमा कारोवार गर्ने तयारी भइरहेको छ । हाल संस्थाको केन्दी्रय कार्यालय सहित पोखराको अमरसिंह चोक, पार्दी–विरौंटा, दिप पोखरा, तनहुँको दमौली, लमजुङ्गको दुईपिप्ले बजार, धादिङ्गको धादिङ्गबेसी, नवलपरासीको प्रगतिनगर, चितवनको हाकिमचोक भरतपुर तथा तनहूंँको शुक्ला गण्डकी नगरपालिका गणपते वजार र खैरेनीटार वजारमाा गरि कुल ११ शाखा कार्यालयहरु संचालनमा रहेको प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment