गोल्डेन न्यूज संवाददाता
नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) कास्कीको आयोजनामा भएको तेस्रो वृहत शैक्षिक मेला विहिबार सकिएको छ । मंगलबारदेखि शुरु भएको मेलामा तीन दिनमा सकिएको हो । ‘भदौको झरिलो दिन भएपनि विद्यार्थी र अभिभावकहरुको बाक्लो उपस्थितीको कारणले हामीले सोँचेको भन्दा बढि मात्रामा शैक्षिक मेलाले सफल रह्यो ।’ मेलाका संयोजक मिलन तिवारीले भने–‘करिअर र शैक्षिक परामर्श लिएर धेरै विद्यार्थीहरुले मेलाबाट फाईदा लिन सके ।’ तीन दिने मेलाले शैक्षिक परामर्शदाताहरुलाई पनि प्रत्यक्ष फाईदा पुर्याएको उनले बताए । ‘अभिभावक र विद्यार्थीहरुमा गुणस्तरिय उच्च शिक्षा लिनुपर्ने भन्ने विषयमा निकै चासो बढेको हामीले पायौँ ।’ ईक्यान कास्कीका अध्यक्ष महेश भण्डारीले भने–‘अघिल्ला दुई वटा सँस्करणका शैक्षिक मेलाकै प्रभाव हो यो ।’ तेस्रो सँस्करणसम्म आईपुग्दा शैक्षिक मेला पनि थप व्यवस्थित भएको उनले दाबी गरे । शैक्षिक परामर्श लिन आएका अभिभावक र विद्यार्थीहरुले शैक्षिक मेलाप्रति निकै सकारात्मक प्रतिक्रिया दिएको आयोजकले बताएको छ । मेलामा शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी शैक्षिक संस्थाहरु तथा भारत, चीन, बांगलादेश, जापान, फ्रान्स, अमेरीका, बेलायत, न्युजील्याण्ड, अष्ट्रेलिया, आयरल्याण्ड, नर्वे, फिनल्याण्ड, मलेसिया, जर्मनी, रुस, डेनमार्क लगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारीक प्रतिनिधिहरुको सहभागीता रहेको थियो । शैक्षिक मेलामा ५७ वटा स्टल तथा ६ वटा पाभिलियन रहेका थिए । मेलाको अन्तिम दिन आयोजकले मेलामा सहभागी भएको सम्पूर्ण स्टलहरुलाई मायाको चिनो प्रदान गरेको थियो । ईभेन्ट म्यानेजमेन्ट कम्पनी ‘वानअप’ले तीनदिने मेलाको व्यवस्थापनको जिम्मा लिएको थियो ।

Post a Comment