0
गोल्डेन न्यूज संवाददाता
पीपलडाली आमा समूहमा शुसिला बाँस्तोला सर्वसम्मत अध्यक्षमा निर्वाचित भएकी छिन् । पोखरा ११ र १२ मा रहेको पीपलडाली आमा समूहको साधारण सभाले उपाध्यक्षमा बेलु भट्टराई, सचिवमा सीता शर्मा, कोषाध्यक्षमा मोती के.सी., सहकोषाध्यक्षमा शोभा गौतम, सदस्यहरुमा देवी बाँस्तोला, मेनुका कार्की, तारा आचार्य, बसुन्धरा थापा र इन्दिरा शर्मा सर्वसम्मत चयन भएका हुन् । समूहको सल्लाहकारमा शारदा गौतम, विष्णुमायाँ के.सी., लक्ष्मी के.सी., कल्पना के.सी., कल्पना ढकाल, यशोदा बास्तोला, रजिना बाँस्तोला, सुमित्रा बराल र सरिता कार्की चयन भएका छन् । समूहका अध्यक्ष शारदा गौतमको अध्यक्षतामा सम्पन्न साधारणसभाको सञ्चालन सचिव सरिता कार्कीले गरेकी थिइन् । साधारण सभाको उद्घाटन गर्दै स्थानीय समाजसेवी सन्तुमायाँ भट्टराईले पीपलडाली आमा समूह कास्की जिल्लामा फरक र नयाँ शैलीमा अगाडि बढेकोमा खुसी व्यक्त गरेकी थिइन् । उनले कास्कीमा नमूना आमा समूह पीपलडाली आमा समूह भएको बताउँदै आगामी दिनमा महिलाको समस्यामा एक भएर लाग्न अनुरोध समेत गरेकी थिइन् । साधारण सभामा कोषाध्यक्ष सीता शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । 



Post a Comment

 
Top