0
गोल्डेन न्यूज संवाददाता
पोखराको पार्दीस्थित फिस्टेल एकेडेमी उच्च मा.वि.ले शुक्रवार अतिरिक्त क्रियाकलाप अन्तर्गत अन्तर सदनात्मक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गर्यो ।  प्रतियोतिामा नि.मा.वि तथा मा.वि. समूहवाट सन्ध्या श्रेष्ठ, जस्मीन थापा, मुस्कान रानाभाट, कुशल खनाल र सागर रोकाया सम्मिलित साहारा सदन प्रथम तथा आशिष शर्मा, सृष्टि पौडेल, सभ्या के. सि., रोसन न्यौपाने र आकृति आचार्य सम्मिलित एसिया सदन दिृतिय भए । त्यसै गरि प्रा.वि समूहबाट रोशन खत्रि, शिक्षा बराल, सोनित मल्ल, यशस्वी आचार्य र आशियाना पन्त सम्मिलित साहारा सदन प्रथम तथा प्राप्ती लम्साल, वर्षा पौडेल, दर्शन पौडेल, सक्षम तिवारी र रसिक ढकाल सम्मिलित प्यासिफिक सदन द्वित्तीय एवं कृष्टिना ढकाल, आदेश अर्याल, समिप तिवारी, इप्सिता गुरुङ् र एन्जिला गुरुङ् सम्मिलित नाइल सदन तृतीय हुन सफल भए । यसअघि उक्त प्रतियोगिताको विद्यालयका संस्थापक प्राचार्य चिनु रानाभाट, सस्थापक तथा उक्त विद्यालयका वयवस्थापन समितिका अध्यक्ष अन्जु रानाभाटले उद्घाटन गरेका थिए । सो अवसरमा सस्थापक प्राचार्य चिनु रानाभाटले विद्यार्थीहरुले अतिरिक्त ज्ञानको अभिवृद्धिमा यस्ता प्रतियोगिता महत्त्वपूर्ण रहेको बताए । छुट्टा–छुट्टै स्थानमा सञ्चालित सो प्रतियोगिताको संयोजन उच्च मा.वि. संयोजक रामबन्धु पोखरेल र प्रा. वि. संयोजक ममता के.सि.ले गरेका थिए । विद्यालयका सह प्राचार्य बुद्दिमोहन पौडेल र नि.मा.वि. संयोजक भरत खड्काको अध्यक्षतामा उक्त प्रतियोगिताहरु सम्पन्न भएका थिए ।



Post a Comment

 
Top