0
गोल्डेन न्यूज संवाददाता
नेपाल मगर संघ चाउथे कदममार्ग इकाइ समितिको शनिबार तेस्रो स्थापना दिवस एक कार्यक्रम गरी मनाएको छ । स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा नेपाल मगर संघ कास्कीको  सातौं अधिवेशन बाट निर्वाचित भएका नयाँ कर्यासमितिलाई सम्मान गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर राना मगरले अब बन्ने संविधानमा मगरहरुको हक हित र अधिकारका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिँदै मगराँत प्राप्तिका लागि बलिदान दिन मगरहरु तयार रहेको बताए । यसैगरी कार्यक्रमका विशेष अतिथि नेपाल मगर महिला संघ कास्कीका अध्यक्ष फूलकुमारी थापा मगरले मगरहरुमा शैक्षिक चेतनाको कमी भएका कारण आफ्नो अधिकारको बारेमा अझै अनविज्ञ भएको बताउँदै सबै मगरहरुमा शैक्षिक जागरण र चेतानाको विकास हुनु जरुरी रहेको बताए । चाउथे कदममार्ग इकाइ समितिका अध्यक्ष सुनमाया आले मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव यामसरी थापा मगरले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष युवराज राना मगरले राखेका थिए । स्थापनाको छोटो समयमा नै चाउथे मगर संघमा पोखरा वडा नं. १०, १३, १४ मा बसोबास गर्ने ४६ घरधुरी मगरहरु आबद्ध भएका छन् । उक्त संघले अब छिट्टै युवा संघ पनि गठन गरिने अध्यक्ष सुनमाया आले मगरले जानकारी दिएका थिए ।



Post a Comment

 
Top