0
गोल्डेन न्यूज संवाददाता
कास्कीको ढिकुरपोखरी गाविसमा रहेको एउटा मात्रै एम्वलेन्स पनि डेढ बर्षदेखि थन्किएको छ । २०६४ देखि सञ्चालनमा ल्याईएको एम्वुलेन्स २०७० फागुनदेखि थन्किएर बसेको हो । एम्वुलेन्स सञ्चालनको जिम्मा पाएको ढिकुरपोखी गाविसले सञ्चालन खर्च धान्न नसक्दा थन्किएर बसेको हो । एम्वुलेन्स सञ्चालनको लागि संघसंस्थालाई आवहन गरेपनि अहिलेसम्म कोहिपनि सम्पर्कमा नआएको गाविस सचिब तोयनाथ तिमल्सिनाले बताए । एम्वुलेन्स प्राप्त भएको ६ बर्ष सम्म गाविसले चालक र ईन्धनको ब्यबस्था गरी सञ्चालन गरेको थियो । तर महिनामा ३५ हजार रुपैयाँसम्म ईन्धन खर्च आउने र चालकलाई मासिक तलब पनि दिन नसकेपछि बन्द गर्नुपरेको उनले बताए । ‘एम्वुलेन्स भएर पनि चलाउने क्षमता भएन’ गाविस सचिब तिमल्सिनाले भने–‘चलाउने कुनै संस्था आए अनुदान रकम पनि दिन तयार छांै । ’ ग्रामिण क्षेत्रमा सेवा पुर्याउन नसकिएको र पोखरा–बाग्लुङ राजमार्ग क्षेत्रमा मात्रै चलाउँदा सञ्चालन खर्च पनि उठाउन नसकिएको हो । माता र पिता तेज वहादुर केसी तथा डिल कुमारी केसीको स्मृतिमा छोरी ज्वाई ध्रुब बहादुर कार्की र मोहन बहादुर कार्कीले दान स्वरुप दिएको ग१च ४४४२ नम्बरको एम्वुलेन्स अहिले गाविस भवन भित्र थन्किएर बसेको छ ।

Post a Comment

 
Top