मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच नेपालगन्जको त्रिभुवन चोक र रानीतलाव क्षेत्रमा मुठभेड हुन थालेपछि स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ । सोमबार बेलुकी ९ वजेदेखि बिहान ९ वजेसम्म अर्को आदेश नहुँदासम्मका लागि कर्फ्यू जारी गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी बेदप्रकास लेखकले बताए । त्रिभुवनचोक र रानीतलाव क्षेत्रमा निषेधाज्ञा तोडेर ढुंगामुढा हुन थालेपछि प्रहरीले करिव ३० राउण्ड अश्रुग्यास प्रहार गरेको प्रजिअ लेखकले बताए । तराई मधेस लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य पशुपतिदयाल मिश्राले प्रर्दशनका क्रममा प्रहरीले बल प्रयोग गरेपछि झडप भएको बताए । उनले एक दर्जन बढी मधेसी नेताहरुलाई प्रहरीले पक्राउ गरेपछि अवस्था असहज बनेको दाबी गरे । ’प्रहरीले धरपकड र कुटपीट गरेपछि जनता आक्रोशित भएका हुन,’ उनले भने ।सोमबार दिंउसो आन्दोलनरत पक्षले बन्दका क्रममा संयमता अपनाउने प्रतिबद्वता जनाएका थिए । यता रौतहट जिल्लामा आन्दोलनकारीले अदालत, नापी कार्यालयमा ढुङ्गामुढा गरी केही झ्यालका सिसा फुटाएका, भन्सार कार्यालयमा पुगी भन्सारको बेरियरमा ताला लगाएको र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको घरमासमेत ढुङ्गामुढा प्रहार गरी क्षति पु¥याएको हुँदा स्थितिलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले सदरमुकामस्थित गौर नगरपालिकाको सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment