0
गोल्डेन न्यूज संवाददाता
भूकम्पपछि पोखराको पर्यटन व्यवसायमा देखिएको असर विस्तारै सुध्रिने क्रममा छ । पर्यटन प्रबद्र्धनका लागि विभिन्न कार्यक्रम जारी छन् । यसैक्रममा ट्रेकिङ इक्युप्मेण्ट सप एशोसिएसन (टेसा) को टोली कास्कीको मिर्सा गाउँमा पुगेर फर्किएको छ । संस्थाको १८औं वार्षिक साधारणसभाको अवसरमा ५३ सदस्यीय सो टोलीले कास्कीको उत्तरी गाविस माछापुच्छे«को मिर्सामा होम स्टेसहित साधारणसभा सम्पन्न गरेर फर्किएको छ । पर्यटक तथा पत्रकार सम्मिलित सो टोलीले भूकम्पपछि पर्यटन व्यवसायमा देखिएको असर चिर्दै सकारात्मक सन्देश प्रवाहमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । प्रमुख अतिथि नेपाल पर्यटन बोर्डका पूर्वसदस्य अग्निप्रसाद कँडेलले भूकम्पछि खस्किएको पर्यटन व्यवसाय माथि उठाउन गाउँ गाउँमा आएर यसखालको कार्यक्रम हुनु सकारात्मक भएको बताए । उनले आन्तरिक पर्यटनलाई व्यवस्थित गर्दै लगेमा भूकम्प लगायतका घटनामा पनि पर्यटन व्यवसायमा चलायमान हुने बताए । टेसाका संस्थाक अध्यक्ष एवं सल्लाहकार समेत रहेका उनले कृषि, पर्यटन र जलविद्युतले मुलुकको अर्थतन्त्रमा ठूलो टेवा पु¥याउने भएकोले अब नयाँ शिराबाट सोच्नुपर्ने बताए । पश्चिमाञ्चल होटल संघका द्वितीय उपाध्यक्ष लक्ष्मण सुवेदीले राज्य संवेदनशील नबन्दा बन्द, हड्ताल र चक्काजामले झनै पर्यटन व्यवसायमा असर पारेको बताए । उनले पर्यटन प्रबद्र्धनका लागि विभिन्न प्याकेज ल्याउनुपर्नेमा जोड दिए । पर्यटन परिषद् पोखराका कोषाध्यक्ष एवं टानका निवर्तमान अध्यक्ष नारायणप्रसाद सापकोटाले होम स्टे कार्यक्रममा थुप्रै चुनौती रहेकोले समाधान खोज्दै अझै प्रभावकारी बनाउनुपर्ने बताए । इम्ब्रोइडेरी एण्ड गार्मेण्ट एशोसिएशन (एगा) अध्यक्ष पुष्पलबहादुर थापाले पर्यटनसम्बद्ध संघसंस्था एक भएर अघि बढ्नुपर्ने बताए । स्थानीय समाजसेवी सूर्य गुरुङले ग्रामीण पर्यटन प्रबद्र्धनमा होम स्टे प्रभावकारी हुने बताए । पोखराबाट नजिकै रहेको मिर्सा गाउँमा संचालित होम स्टेले स्थानीयबासीको आर्थिक उपार्जनमा टेवा मिलेको बताए । संस्थाका अध्यक्ष रामचन्द्र पौडेलले टेसाले उद्योगको रुपमा विकास हुँदै गएको पर्यटन व्यवसाय भूकम्पबाट तहस–नहस बनेको अवस्थामा गाउँ गाउँमा पर्यटक ल्याउन यस्ता खालका कार्यक्रमलाई अन्य संघसंस्थाले पनि निरन्तरता दिनुपर्ने बताए ।  पत्रकार घनश्याम पाण्डेले संस्थाको प्रयास सकारात्मक भएको बताए । संस्थाका सचिव नारायणप्रसाद सापकोटाले संचालन, उपाध्यक्ष रामचन्द्र गिरीले स्वागत र धन्यवाद ज्ञापन साधारणसभा संयोजक नारायणप्रसाद सुवेदीले गरेका थिए । संस्थाले विगतका सामाजिक कार्यक्रमलाई निरन्तरता दिदै संस्थाका सदस्यहरुको व्यवसायिक क्षमता अभिबृद्धि एवं पर्यटकीय क्षेत्रको विकास र पुनःर्जागरणको लागि विभिन्न संघसंस्थासँग समन्वय गर्दै अघि बढ्ने भावी योजना ल्याएको सचिव नारायण प्रसाद सापकोटाले बताए । कार्यक्रममा सचिव सापकोटा र कोषाध्यक्ष शालिकराम गौतमद्वारा प्रस्तुत प्रतिवेदन सर्वसम्मत पारित भएको थियो । टे«किङका लागि अत्यावश्यक सामान बिक्री वितरण गर्ने व्यवसायीको साझा संस्था टेसामा हाल ६३ जना सदस्य छन् ।गुरुङ बस्ती मिर्सा गाउँमा १७ घरमा होमस्टे संचालित छ । ९० जना पाहुनाको क्षमता रहेको उक्त होम–स्टे कार्यक्रममा अर्गानिक परिकार, आतिथ्यता, मनोरम एवं स्वच्छ वातावरण र नाचगानले जो कोहीलाई पनि लोभ्याउँछ । 

Post a Comment

 
Top