गोल्डेन न्यूज संवाददाता
मैले सानैमा आमा गुमाएँ, अहिले पनि कालिगण्डकीको किनारमा कतै जल्दै गरेको चिता देखेँ भने मेरो आमाको अस्तु पनि यतै होला भन्ने लाग्छ ।’ आमा सम्झँदा कवि तीर्थ श्रेष्ठ साँच्चिकै भावुक बने । बाग्लुङे साहित्यानुरागी लाई आफ्ना कविता सुनाउन शनिबार बाग्लुङ पुगेका उनले पहिलो कविता नै आमाको नाममा समर्पण गरे । आमा शीर्षकको कवितामार्फत उनले आमाको महिमा गान गरे । हरेक घरमा ईश्वरभन्दा महान आमा बाँचेको सगर्व घोषणा गरे । आमासँगको उनको लगाव बढी नै छ क्यारे ! उनले थप दुईवटा कविता पनि आमासँगै जोडे । आफैले हुर्काएका सन्तानबाट अपहेलित भएपछि वृद्धाश्रममा जीवन बिताउने अभिषप्त आमाहरुको विलौना वर्णन गरे । देश खण्ड र अखण्डको लडाईँमा परेको बेला उनको तेस्रो कविता नेपाल आमाप्रति समर्पित थियो । उनी अतिततिर फर्किए । सानो हुँदा लाहुरेहरु गुण्टा बोकाएर चिटिक्कको झोला बोकेका लाहुेरहरु देखेकै थिए । लाहुरेको पीडा लाहुरेको श्रीमतिलाई मात्र थाहा हुन्छ । लाहुरे जीवनमा कति बेला के हुन्छ कसलाई थाहा ?कविकै छिमेकमा लाहुरेनी घाम तापरे बसेकी हुन्थिन । लडाईँमा पति गुमाएकी उनकै अगाडि लाहुरे फूल फक्रेको हुन्थ्यो । लाहुरेनीलाई नै जिस्काउने गरी । तीर्थले सुनाए– ‘त्यसपछि लाहुेर फूल म तिम्रो नाम फेर्न चाहन्लाहुेर फूल म तिम्रो नाम फेर्न चाहन्छु भन्ने कविता जन्म्यो ।’ थोरै तर मन छुने कविताका सर्जक हुन् तीर्थ । करीब २ दर्जन कविता, गीत र मुक्तकहरु सुनाउँदै गर्दा उनले पटकपटक स्रोताको वाहवाही पाए । उनले कवितामै देशका नेताहरुको प्रवृत्तिमाथि कसिलो व्यङ्ग्य कसे भने मायापिरतिसँग जोडिएका मुक्तक र गीत सुनाएर प्रेमिल वातावरण पनि बनाए । ‘तिमीले आँखा उघार्दा र चिम्लँदा पनि देखिन सकुँ’ भन्दै अर्धाङ्गिनीप्रतिको स्नेह दर्साउँदै गर्दा उनले अगाडि थपे–‘ सम्भवामी युगेयुगे, साले कृष्ण पनि फटाहा रहेछ,चुनावी मैदानको नेता जस्तै ।’ उनी कवितामा फर्के अन्नपूर्ण आधार शिविर जाँदाका दिन सम्झिए, त्यही यात्राले जन्माएको अन्नपूर्ण वरिपरिपछि उनले चर्चित ‘बाघ’ सुनाउँदा झन बढी वाहवाही पाए । गीत लेखे पनि हुन्छ कालिप्रसादहरु, नजन्माइएको सन्तान, छायाँ लगायका कविता सुनाउँदै गर्दा उनी जीवन र जगतसँग असाध्यै निकट भए ।
Post a Comment