पोखरा १० शिवचोकमा रहेको नवदीप इङ्ग्लिस बोर्डिङ स्कुलमा सहक्र्रियाकलाप अन्तर्गत विविध कार्यक्रम सम्पन्न भएका छन् । जसअन्तर्गत प्राथमिक तहमा भएको नेपाली निबन्ध लेखन प्रतियोगितामा हरियो सदन कक्षा ५ का युवराज थापा प्रथम, रातो सदन कक्षा ५ का जीवन भुषाल द्वितीय र रातो सदनका आयोग बराल कक्षा ३ का तृतीय हुन सफल भए । त्यस्तै निमावि अङ्ग्रेजी निबन्ध लेखन प्रतियोगितामा रातो सदन कक्षा ८ का सुवर्ण भट्टराई प्रथम, निलो सदन कक्षा ७ का सुजन भट्टराई द्वितीय र हरियो सदन कक्षा ७ का इसाक थापा तृतीय हुन सफल भए । मावि तहमा भएको अङ्ग्रेजी स्पेलिङ कन्टेस्टमा पहेँलो सदनका पूजा गुरुङ,अनिश परियार र सञ्जिव रौनियार प्रथम भए । प्रतियोगितामा रातो सदनका सुशान्त भट्टराई, सञ्जय गुरुङ र सतिश श्रेष्ठले द्वितीय स्थान हासिल गर्न सफल भएको विद्यालयका सहक्रियाकलाप संयोजक अमृत घिमिरेले जानकारी दिए ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment