गोल्डेन न्यूज संवाददाता
पोखरा उपमहानगरपालिका वडा नं.९ स्थित शान्ति दर्शन टोल विकास संस्थाको छैठौं साधारणसभा तथा तेस्रो अधिवेसनले पुनः अध्यक्षमा उत्तम जोशीलाई चयन गरेको छ । यस्तै उपाध्यक्षमा दिलमाय गुरुङ्, सचिवमा बल बहादुर रानाभाट, सहसचिवमा जगदिश सिग्देल र कोषाध्यक्षमा राम बहादुर बयलकोटीलाई चयन गरिएको छ । संस्थाका सदस्यहरुमा सुवेदार याम बहादुर गुरुङ्, नानु माया सुवेदी, याम लाल पोखरेल, काली प्रसाद मैनाली, जगन गुरुङ, गोपाल प्रसाद शेरचन, टिका कुमारी पोखरेल र शान्ता खनाल रहनु भएको छ । समाजसेवि डा.दिल बहादुर क्षेत्रीको संयोजकत्वमा रहेको निर्वाचन समितिले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो । यसअघि कार्यक्रमको उद्धघाटन गर्दै शिक्षाविद् एंव समाजसेवी गणेश बहादुरु गुरुङले टोलवासीहरु चेतनशिल नभएसम्म विकास नहुने भन्दै समाजिक भावनाको जागृत गराउनु पर्नेमा जोड दिए । पोखरा उपमहानगरपालिका कार्यालयको गरिबी न्युनिकरण शाखाकी सविता ढुगांनाले नगरपालिकाले प्रवाह गर्ने काम कार्वाहीहरुको प्रभावकारीतामा टोलवासीहरुको सकारात्मक भूमिका रहनु पर्नेमा जोड दिइन । टोल विकास संस्थाका संस्थापक अध्यक्ष शंकर गुरुङ्ले टोलमा व्याप्त समस्या समाधानका लागी सम्बन्धित निकायलाई सचेत गराउनु पर्ने बताए । वडा सचिव लोकदर्शन कोईरालाले टोलको भौतिक विकास मात्र नभई सामाजिक विकासमा समेत जोड दिन सुझाव दिए । तुल्सीघाट प्रहरी बिटका ईन्चार्ज प्रहरी हवल्दार गौतम श्रेष्ठले टोललाई विकृति र विंसगीमुक्त बनाउने कार्यमा टोलवासीहरुसंग सहकार्यका लागि सदैव तत्पर रहने प्रतिवद्धता व्यक्त गरे । नेपाली कांग्रेसका वडा सभापति रामराज लामिछानेले आफ्नो टोल आफै बनाउनु पर्नेमा जोड दिए । कार्यक्रममा नेकपा एमालेका वडा अध्यक्ष प्रकाश शर्मा, एकीकृत नेकपा माओवादीका बम बहादुर कार्की, वडा नागरिक मंचका अध्यक्ष लेखुराम खति, संस्थाका सल्लाहकार केशव भण्डारी, सामुदायिक सेवा केन्द्र पृथ्वीचोकका अध्यक्ष गजेन्द्रमान श्रेष्ठ, लगायतले समाजिक विकृति र विसंगती अन्त्यका लागि संस्थासंग मिलेर काम गर्नुपर्ने बताएका थिए । संस्थाका अध्यक्ष उत्तम जोशिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा(माओवादीका हरि प्रसाद खनाल, तमु धिँ नेपालकी हरिमाया गुरुङ, शान्तिवन बाटिका टोल विकास संस्थाकी अध्यक्ष दुर्गा पहारी, शान्तिघाट आमा समुहकी अध्यक्ष निरु रानाभाट र वडा स्तरीय बालमंचकी अध्यक्ष शुभेच्छा गिरी लगायतले बोलेका थिए । कार्यक्रममा एसएलसी उत्तीर्ण भएका टोलवासीका करिब २ दर्जन छोराछोरीहरुलाई सम्मान समेत गरिएको थियो । यस्तै संस्थाकी क्रियाशिल सदस्य दिलमाया गुरुङ् र प्रहरी हवल्दार गौतम श्रेष्ठलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा सचिव रमेश भारी र कोषाध्यक्ष राम बहादुर बयलकोटीले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए ।
Post a Comment