गोल्डेन न्यूज संवाददाता
नेपाल आदिवासी जनजाति महासंघले आह्वान गरेको २ दिने बन्दको पहिलो दिन आइतबार पोखराको जनजीवन प्रभावित बनेको छ । बन्द सदाका लागि बन्द गर्नु पर्ने भन्दै पोखराको सृजनाचोकमा पसल खोलेर वन्दको विरोध गरेका छन् । व्यवसायीले पसल खोलपछि बन्द कर्ता र ब्यवसायी बीच केही बेर झडप समेत भएको थियो । सबै व्यवसायी पसल खोल्ने भन्ने सडकमा आएपछि बन्द कर्ता सृजना चोकबाट गएका थिए । सृजना चोकमा व्यवसायी पसल खेल्न थालेपछि बन्द कर्ताले पसल बन्द गराउन खोज पनि बन्द गराउन सकेका थिएनन् । व्यवसायीवाट पसल खोल्न शुरु भएपछि पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष बिन्दु कुमार थापाले बन्द सदाका लागि बन्द गर्नुपर्ने भन्दै व्यवसायीले पसल खोले पछि सरकारले सुरक्षा दिनुपर्ने बताए । बन्दका कारण पोखरामा सवारी साधन गुड्न सकेका छैनन् भने शिक्षण संस्था, उद्योगधन्दा, कलकारखाना तथा पसल छन् । पर्यटक बसलाई प्रहरीले स्कर्टिङ गरी चलाएको भए पनि लामो तथा छोटो दुरीका सवारी नचल्दा सर्वसाधारण मर्कामापरेका छन् । बन्द सफल पार्न भन्दै महासंघका कार्यकर्ताहरु पोखराका मुख्य–मुख्य चोकमा बसेका छन् । बन्दका बेला अप्रिय घटना हुन नदिन सडकमा सुरक्षाकर्मी बाक्लो रुपमा खटाइएको छ । पहिचानको आधारमा प्रदेशहरुको सीमाङ्कन तथा धर्म निरपेक्षता लगायत माग राख्दै महासंघले आइतबार र सोमबार बन्द आह्वान गरेको हो । पटक–पटकका बन्दले भने पोखरेलीहरु आजित भएका छन् । बन्दको विकल्पमा अन्य दबावमूलक कार्यक्रम गर्नुपर्ने पोखरा नयाँबजारका विक्रम शर्माको भनाइ छ । उनले दिनहुँ जसो बन्द हुँदा मुलुकको अर्थतन्त्रमा ठूलो असर पार्ने बताउँछन् । एक महिना अवधिमा पाँच दिन नेपाल बन्द आह्वान गरिएको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले संविधान निर्माण र लिपुलेक सम्झौताविरुद्ध गत साउन ८ मा नेपाल बन्द आहवान गरेको थियो भने साउन ३१ र ३२ मा विभिन्न माग राख्दै विभिन्न समूहले दोहोरो बन्द आह्वान गरेका थिए । वैद्य नेतृत्वको माओवादी, जनजाति र मधेश केन्द्रित दलहरुले ६ प्रदेशको सिंमाकन तथा प्रस्तावित मस्यौदा खारेज माग गर्दै साउन २ दिने नेपाल बन्द आह्वान गरेको थियो । साउन ३१ मा हिन्दू राष्ट्र संरक्षण अभियानले नेपाललाई सनातन हिन्दूराष्ट्र कायम गरिनुपर्ने माग गर्दै गण्डकी–धौलागिरि बन्द आह्वान गरेका थिए । त्यसै गरि पोखराका जागरुक युवाहरुले बन्द सधैका लागि बन्द गर्नु पर्ने भन्दै पोखरा सभागृह चोक देखि चिप्लेढुङ्गा, महेन्द्रपुल, नयाँ बजार हुँदै पृथ्वीचोक पुगेको थियो । उनीहरुले नेपाल खुल्ला छ, गरिखान देउ लगायत लेखेको प्यलेकार्ड बोकेर हिंडेका थिए । यसैबीच आइतबार राजनीतिक कारणले देशव्यापी रुपमा भएको आम हडताल तथा बन्दको भत्सर्ना गर्दै कम अन युथ स्टान्ड अप पोखरा र एम आर आर पोखराका युवाहरुले विरोध गरेका छन् । सभागृह चोकबाट शुरु भएको शान्ति ¥याली चिप्लेढुङ्गा, महेन्द्रपुल, नयाँबजार, पृथ्वी चोक हुदै सभागृह चोकमा पुगेर समापन भएको थियो । कार्यक्रम बन्दले पोखराका साथै देशको सम्पूर्ण अर्थतन्त्र, भौतिक पूर्वाधार विकास, सामाजिक विकास तथा शैक्षिक विकास आदिमा नकारात्मक असार परेको भन्दै बन्द सधैका लागि बन्द गर्नुपर्ने ¥यालीमा सहभागी युवाले बताएका छन् । राजनीतिक अस्तव्यस्ततालाई साम्य पार्दै बन्दका कार्यक्रमलाई सदाका लागि बन्द गर्नु कार्यक्रमको उद्देश्य रहेको कम अन युथ स्टान्ड अप तथा कार्यक्रमका संयोजक रविन शर्माले बताए । उनले यस बन्दले देशलाई दिना नुदिन आर्थिक हिसावले झन झन खराव स्थितितर्फ धकेल्दै गैरहेको तथा शैक्षिक प्रणालिमा पनि नकारात्मक प्रभाव पारी रहेको बताए । एम आर आर पोखराका प्रतिनिधि सुर्य तिमिल्सिनाले बन्द सधैका लागी बन्द गर्नु पर्ने बताउदै बन्दकर्तालाई बन्दको विकल्प खोज्न आग्रह गरे । यसैगरी लेखनाथमा रहेको व्यवसायीहरुको छाता संगठन लेखनाथ उद्योग वाणिज्य संघले वन्द नगर्न आग्रह गर्दै एक विज्ञप्ति जारी गरेको छ । संघका अध्यक्ष वावुराम गिरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा संविधान निर्माणको अत्यन्त महत्वपूर्ण घडीमा सवै राजनीतिक दल, वर्ग, समुदाय, पेशा व्यवसायी मिलेर आ आफ्नो स्थानवाट संविधान छिटो ल्याउन सहयोग गर्नुपर्ने समयमा मुलकका अधिकाशं भागमा जारी वन्द हडताल प्रति संघको गम्भीर ध्यानाकर्षण भएको छ । वन्द हडतालले देशको अर्थतन्त्रमा दैनिक दुई अर्व भन्दा बढि घाटा पार्ने वर्तमान परिस्थितिमा विभिन्न समूहवाट आयोजना हुने वन्द र हड्तालको कारण उत्पन्न विषय परिस्थिति देशको अर्थतन्त्र तथा यसको महत्वपूर्ण खम्वा निजि क्षेत्रले धान्नै नसक्ने भएको छ । अधिकार खोज्दा अर्काको अधिकार ख्याल नगरि वन्द हडताल गर्ने प्रति संघले सदैव विरोध गर्दै आएको समेत जानकारी गराएको छ । नागरिकको जनजिवन तथा देशको अर्थतन्त्रमा प्रतक्ष्य प्रभाव पार्ने गरि आव्हान गरिएको वन्द हडताल फित्र्ता लिन सम्वन्धीत पक्षलाई आग्रह गर्दै वन्द र हडताल जस्ता गतिविधी सधैको लागि वन्द गर्न तथा जायज मागहरु मात्र राख्ने र वन्दको वैकल्पिक वाटो खोज्नका लागि सम्वन्धित पक्षसंग अनुरोध समेत गरेको छ ।
Post a Comment